एप्पलद्वारा चार्जिङको समस्या समाधानका लागि वाचओएस ८.४ अपडेट उपलब्ध

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
एप्पलद्वारा चार्जिङको समस्या समाधानका लागि वाचओएस ८.४ अपडेट उपलब्ध

काठमाडौं ।

अमेरिकी स्मार्टफोन जायन्ट एप्पलले हालै वाचओएस ८.४ सार्वजनिक गरेको छ।

कम्पनीले केही समययता केही वाच सिरिजहरुमा चार्ज नहुने गुनासा आइरहेकामा उक्त समस्या समाधान गर्ने हिसाबले सेक्युरिटी प्याचसहित उक्त अपडेट उपलब्ध गराएको हो।

यो अपडेट एप्पल वाच सिरिज ३ देखि माथिका मोडलहरुमा उपयोग गर्न सकिने र आईफोनमा जनरलभित्र सफ्टवेयर अपडेट मेन्युमा उपलब्ध एप्पल वाच एपमा गएर यसलाई डाउनलोड गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो अपडेट इन्स्टल गर्ने बेला एप्पल वाचमा ५० प्रतिशत ब्याट्री हुनु जरुरी हुन्छ भने कनेक्टेड आईफोनको रेन्जमा छ भने चार्जरमै राख्नुपर्ने बताइएको छ।

एप्पलले वाचओएस ८.४ बाहेक वाचओएस ८.५ को पहिलो बिटा भर्सनका साथमा अन्य केही अपडेटहरु सार्वजनिक गरेको छ।

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार