फेसबुकले आफ्नो क्रिप्टो भेन्चर डाइम बन्द गर्ने तयारी गर्दै

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
फेसबुकले आफ्नो क्रिप्टो भेन्चर डाइम बन्द गर्ने तयारी गर्दै

काठमाडौं ।

क्रिप्टोकरेन्सीहरूका साथ फेसबुकको एलायन्स कथित रूपमा समाप्त हुँदैछ, किनकि मेटाले कथित रूपमा समस्याग्रस्त उद्यमलाई वित्तीय संस्थामा रुपान्तरण गर्दैछ।

ब्लूमबर्ग र वाल स्ट्रीट जर्नल दुबैले रिपोर्ट गरेअनुसार डाइम एसोसिएसनले आफ्नो टेक्नोलोजी क्रिप्टो-केन्द्रित बैंक सिल्भरगेट क्यापिटललाई २० करोड डलरमा बेचिरहेको छ।

यो कदम फेसबुक (मेटाको) क्रिप्टोकरेन्सी प्रयासहरूको प्रमुख डेभिड मार्कसले डिसेम्बरमा फर्म छोड्ने घोषणा गरेपछि आएको हो।

मार्कसको प्रस्थान कुनै अचम्मको कुरा होइन्। लिब्रा नाममा क्रिप्टोकरेन्सी सुरू गर्ने फेसबुकको प्रयास स्थापना भएपनि बजारमा आउन असफल भयो। यसमा अनलाइन प्रयोगकर्ताहरूले फेसबुक उत्पादनहरूमार्फत संसारमा कसैलाई पैसा पठाउन प्रयोग गर्न सक्ने बताईएको थियो।

मेटाको वित्तीय परियोजना इकाईले जुन २०१९ मा लिब्रा (पछि डाइम) ब्लकचेन मुद्रा र क्यालिब्रा (पछि नोभि) डिजिटल वालेट घोषणा गर्दा विश्वलाई पूर्ण रूपमा चकित पारेको थियो र जुन २०२० सम्ममा यसलाई लन्च गर्ने योजना रहेको बताएको थियो।

तर तत्कालै यो परियोजनालाई फ्रान्स, बैंक अफ इङ्गल्याण्ड, र यूएस फेडरल रिजर्व अध्यक्ष जेरोम पावेल, साथै अन्य लगायत विश्वभरका नियामकहरूले व्यापक रूपमा आलोचना गरेका थिए।

विश्वभरका राजनीतिज्ञहरू र नियामक निकायहरूको निरन्तर दबाब र धक्काले गर्दा मार्च २०२० मा यो परियोजनाले लिब्राका लागि आफ्नो योजना ‘पुनर्विचार’ गर्ने घोषणा गरेको थियो।

र त्यसपछि अप्रिल २०२० मा फेसबुक-समर्थित लिब्रा प्रोजेक्टले यसको योजनाबद्ध क्रिप्टोकरेन्सीको दायरालाई ठूलो रूपमा घटायो।

लिब्रा ब्लकचेन मुद्रा र क्यालिब्रा वालेट सार्वजनिक हुन सकेन्, तर फेसबुकले अन्ततः आफ्नो डिजिटल वालेट उत्पादन जारी गर्यो, र यसलाई नोभीको रूपमा पुन: नामाकरण गरियो।

ब्लूमबर्गका अनुसार, डाइमले अब बाँकी रहेको मूल्य उठाउने प्रयासमा आफ्नो बौद्धिक सम्पत्ति कसरी बेच्ने लगायतका अर्को चरणहरूको बारेमा लगानी बैंकरहरूसँग कुराकानी गरिरहेको छ।

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार