
काठमाडौं ।
पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानी दिन सुरु गरेको छ ।
मेसिन रिडेबल पार्सपोर्ट (एमआरपी)मा राहदानी धारकको नाम र ठेगाना मात्र आउँथ्यो भने अहिले बन्ने विद्युतीय राहदानीमा फोटो, नाम, ठेगाना, आइलेन्स, औँठाको विद्युतीय छापलगायतका विवरण समेटिएको छ ।
एमआरपी बनाउँदा जिल्लामा राहदानी बनाउन ४० देखि ४५ दिनसम्म लाग्थ्यो । विद्युतीय राहदानी जिल्लामा आउन १५ दिन मात्र लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
गत पुसको पहिलो हप्तादेखि सुरु गरिएको विद्युतीय राहदानी पहिलो चरणमा ९७ जनाको राहदानी विभागमा पठाइएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सुनील कहारले बताए। गोरखापत्र
प्रकाशित: १५ माघ २०७८, शनिबार