
काठमाडौं ।
बीमा समितिले सूचना प्रविधि अधिकृतहरु करारमा नियुक्ति गर्नका लागि रोस्टर तयार गर्ने भएको छ ।
बीमा क्षेत्रको नियामक निकाय समितिले आफ्नो लागि २ जना सूचना प्रविधि अधिकृत करार सेवामा नियुक्ति गर्ने भएको हो ।
सो पदका लागि रोस्टर तयार गर्न लागिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र योग्यता पुगेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण सहितको निवेदन पठाउन भनेको छ।
निवेदन समितिको इमेल ठेगाना [email protected] तथा समितिको कार्यालयमा पेस गर्न सकिनेछ।
सो पदमा नियुक्त हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने आवश्यक न्यूनतम शैक्षिक योग्यता तोकिएको छ।
प्रकाशित: १५ माघ २०७८, शनिबार