यातायात कार्यालयमा अनलाइन प्रणालीबाट भुक्तानीको व्यवस्था गर्न निर्देशन

  • Technology Khabar | १५ माघ २०७८, शनिबार
यातायात कार्यालयमा अनलाइन प्रणालीबाट भुक्तानीको व्यवस्था गर्न निर्देशन

काठमाडौं ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात व्यवस्था कार्यालयमा बिचौलिया रोक्न अनलाइन प्रणालीबाटै भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएका छन्।

शुक्रबार गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयका लिखित फाइलहरू अनलाइन प्रणालीमै राख्न पनि निर्देशन दिए। मन्त्री दाहालले प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयका फाइलहरू व्यवस्थित हुनुपर्ने पनि बताए।

उनले बिहीबार एकान्तकुनाको यातायात कार्यालय अनुगमन गरेका थिए। मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाहरूका कारण इमानदार कर्मचारीहरूले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश नदिन सचेत गराए। गोरखापत्र

प्रकाशित: १५ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...