Technology Khabar १४ माघ २०७८, शुक्रबार
काठमाडौं ।
प्र्यांक गर्नेहरुलाई कारबाही गर्ने गृह मन्त्रालयको प्रेस विज्ञप्तिको विरोध गर्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ। महासंघले सो विज्ञप्तिको विरोधमा विज्ञप्ति जारी गरेर सो विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
त्यसैगरी महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
हेर्नुस् विज्ञप्ति
press_1643360303बिहिबार मात्रै गृह मन्त्रालयले प्र्यांक गरेको तस्विर तथा भिडियो खिचेर सामाजिक संजालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनीसहित विज्ञप्ति जारी गरेको थियो।
हेर्नुस् समाचार-
प्र्यांक गर्ने नाममा तस्विर वा भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई कारबाहीको चेतावनी
प्रकाशित: १४ माघ २०७८, शुक्रबार