
काठमाडौं ।
ब्लकचेन फोरेन्सिक फर्म चेनालाइसिसले गरेको एउटा वार्षिक अध्ययन अनुसार क्रिप्टो बजारमा मनी लन्ड्रिङ अर्थात् सम्पत्ति शुद्धीकरण निकै बढेको छ।
सन २०२० र २०२१ का बीच सम्पत्ति शुद्धीकरण रकम ६ अर्ब ६० करोड डलरबाट बढेर ८ अर्ब ६० करोड पुगेको पाइएको छ।
सन् २०२१ को रिपोर्टले मनी लन्ड्रिङको समग्र रकममा ३० प्रतिशत वृद्धि भएको देखाएको छ भने यो वर्षको सबै कारोबारको सानो अंश क्रिप्टोकरेन्सीको गतिविधिबाट आएको प्रतिवेदनमा उल्लेख छ।
वर्षपिच्छे यो वृद्धको आँकडा चुलिँदै गएको देखिए पनि २०१९ र हालको आँकडामा निकै अन्तर देखिएको छ।
चेनालाइसिसको सबैभन्दा पछिल्लो रिपोर्ट अनुसार अवैध फन्डिङको ठूलो भाग अझै पनि पहिले झैं क्रिप्टोकरेन्सी संकलन गर्ने स्क्याममा आधारित छ। यसको तुलनामा सन् २०१९ को रिपोर्टमा चेनालाइसिसले क्रिप्टो स्पेसमा १० अर्ब ९० करोड डलरको शुद्धीकरण गरिएको जवनाएको थियो।
अभिलेख राख्ने यो कम्पनीले पाँच वर्षको अवधिमा सम्पत्ति शुद्धीकरणको आँकडा ३० अर्ब डलरभन्दा माथि पुगेको तथ्याङ्क बाहिर ल्याएको छ।
Money laundering activity remains heavily concentrated to a shockingly small group of criminal facilitators. In 2021, 54% of funds sent from illicit addresses – approx. $2.5 billion – went to 583 service deposit addresses. https://t.co/76xoOK1sRh https://t.co/k5pFzrZKxZ pic.twitter.com/Ji3YIWBIy9
— Chainalysis (@chainalysis) January 26, 2022
कम्पनीले फिजिकल सेक्टरमा भइरहेको शुद्धीकरणको तुलनामा यो आँकडा निकै कम भएको पनि बताएको छ। मदिराको तस्करीजस्ता अवैध गतिविधिमार्फत् लगभग २० अर्ब डलरको शुद्धीकरण हुने गरेको छ।
रिपोर्टमा यो आँकड़ा अनुमान मात्र भएको र भाैतिक सम्पत्ति शुद्धीकरण चल्दै गर्दा निगरानी गर्न सहज हुने भएकाले क्रिप्टोमा यस्तो गतिविधि बढेको उल्लेख गरिएको छ।
प्रकाशित: १४ माघ २०७८, शुक्रबार