इलेक्ट्रिक भेहिकलमा संयुक्तरुपमा २३ अर्ब यूरो लगानी गर्दै निसान, रेनो र मित्सुबिशी

  • Technology Khabar | १४ माघ २०७८, शुक्रबार
इलेक्ट्रिक भेहिकलमा संयुक्तरुपमा २३ अर्ब यूरो लगानी गर्दै निसान, रेनो र मित्सुबिशी

काठमाडौं ।

फ्रान्सेली अटोमोबाइल कम्पनी रेनो र जापानको निसानले बिहीबार विद्युतीय कार बनाउने आफ्नो संयुक्त उद्यमलाई थप बलियो बनाउने बताएका छन्। यसका लागि आगामी पाँच वर्षमा २३ अर्ब युरो लगानी गरिनेछ। दुई दशक पुरानो यो संयुक्त लगानीमा मित्सुबिसी मोटर्स पनि संलग्न रहेको। मित्सुबिसी मोटर्सले विद्युतीय सवारी साधनको साझा प्लेटफर्मको संख्या चारबाट बढाएर पाँच बनाउने बताएको छ।

यी प्लेटफर्महरू २०३० सम्म ३५ ओटा इभीहरु लन्च गर्न प्रयोग गरिनेछ। निसानका प्रमुख कार्यकारी अधिकृत माकोटो उचिदाले तीन कम्पनीबीच बलियो साझेदारी रहेको बताए। यसले एकअर्काको अनुभव र विशेषज्ञताको फाइदा दिन्छ।

यी तीन अटोमोबाइल कम्पनीहरूले कार बनाउने ठूला कम्पनीहरूसँग कडा प्रतिस्पर्धा गरिरहेका छन्। यी कम्पनीहरूमा टोयोटा मोटर पनि समावेश छ, जसले आफ्नो पोर्टफोलियोलाई इलेक्ट्रिकमा रूपान्तरण गर्न ७० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ।

अमेरिकी इलेक्ट्रिक कार निर्माता टेस्ला यी सबै कम्पनीहरूको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हो। टेस्लाले यो वर्ष विद्युतीय सवारी साधनको डेलिभरीमा ५० प्रतिशतभन्दा बढी वृद्धि हुने अपेक्षा गरेको छ।

रेनो, निसान र मित्सुबिसी मोटर्स बीच क्रस सेयरिङ साझेदारी छ। यसमा रेनोको निसानमा ४३.४ प्रतिशत र निसानको रेनोमा १५ प्रतिशत नन भोटिङ र मित्सुबिसी मोटर्सको एक तिहाइ हिस्सा छ।

टेस्लाले गत वर्षको अन्तिम त्रैमासमा कीर्तिमानी संख्यामा विद्युतीय सवारीसाधन बिक्री गरेको थियो । कम्पनीले गत वर्ष विश्वभरका ग्राहकहरूलाई ९,३६,१७२ इलेक्ट्रिक कार र क्रसओभरहरू उपलब्ध गराएको थियो, जुन अहिलेसम्मकै उच्च कुल बिक्री मात्रा हो। फ्रेमोन्ट र क्यालिफोर्निया तथा चीनको सांघाईमा रहेको टेस्लाको प्लान्टले गत वर्षको अन्तिम त्रैमासिकमा ३,०५,८४० इकाइ उत्पादन गरेको थियो र पूरा वर्षमा ९,३०,४२२ युनिट उत्पादन गरेको थियो।

कम्पनीले गत वर्ष १० लाख सवारी साधन उपलब्ध गराउन नसकेको भएतापनि टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले यस दशकको अन्त्यसम्ममा कम्पनीले वार्षिक २ करोड विद्युतीय सवारी साधनको बिक्री पुर्याउने विश्वास व्यक्त गरेका छन् । टोयोटा र फक्सवागन लगायत विश्वका अटोमोबाइल कम्पनीहरुको करिब एक करोड इकाइहरु बिक्री भएकाले यो ठूलो संख्या हुनेछ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...