
काठमाडौं ।
एप्पलले कम्पनीको एयर ट्याग डिभाइसका बारेमा चिन्ता र चासो बढिरहेका बेला कम्पनीले सेफ्टी गाइड सार्वजनिक गरेको छ।
कम्पनीले गत सोमबार आफ्नो सेफ्टी पोर्टल सार्वजनिक गरेको हो। पर्सनल सेफ्टी यूजर गाइड नामक उक्त नियमावलीले यूजरलाई आफ्ना डाटा कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारेमा सुझाव प्रदान गर्दछ।
एयरट्याग हराएका वा भुलिएका डिभाइसहरु एप्पलको शक्तिशाली फाइन्ड माइ नेटवर्क प्रयोग गरेर पत्ता लगाउनका लागि डिजाइन गरिएका हुन्। यिनीहरु साना टाँकका आकारमा रहेका आइटमहरु हुन् जसलाई साँचो वा पर्समा अट्याच गर्न सकिन्छ।
तर बीबीसी तथा अन्य समाचार संस्थाहरुले यसअघि एयरट्यागलाई मानिसहरुको निगरानी गर्नका लागि दुरुपयोग गरेको पाइएको बारेमा सामाचार प्रकाशित गरेका थिए।
बीबीसीका अनुसार एप्पलको नयाँ पर्सनल युजर सेफ्टी गाइडले प्रविधिजन्य दुर्व्यवहार, दुरुपयोग लगायतका हिंसा भोगिरहेका यूजरहरुलाई ती कुराहरुबाट बच्न सहयोग गर्नेछ।
प्रकाशित: १४ माघ २०७८, शुक्रबार