शाओमीले भारतीय प्रयोगकर्ताहरुका लागि ल्यायो सर्भिस प्लस एप

  • Technology Khabar | १४ माघ २०७८, शुक्रबार
शाओमीले भारतीय प्रयोगकर्ताहरुका लागि ल्यायो सर्भिस प्लस एप
नेपालमा रहेको शाओमीको सर्भिस सेन्टर । फाइल तस्बिर

काठमाडौं ।

शाओमीले भारतीय प्रयोगकर्ताहरुका लागि नयाँ सुबिधासहितको एप लन्च गरेको छ। यदि तपाइँ शाओमीको मोबाइल वा यसको अन्य उत्पादन प्रयोग गर्नुहुन्छ भने, यो एप तपाइँको लागी उपयोगी हुनेछ।

शाओमी इण्डियाले यहाँका प्रयोगकर्ताहरूलाई अझ राम्रो सेवा र समर्थन प्रदान गर्ने उद्देश्यले शाओमी सर्भिस प्लस (Xiaomi Service +) एप सुरू गरेको छ।

यस एप मार्फत, प्रयोगकर्ताले आफ्नो फोन मर्मत (शाओमी फोन रिपेयरिङ सर्भिस) मात्र गराउन सक्नुहुने छैन, तपाईले लाइभ च्याटमा यसका विभिन्न उत्पादनहरूको बारेमा पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

यस एपमा तपाईले के कस्ता सुविधाहरु प्राप्त गर्न लाग्नु भएको छ, हामी तपाईलाई विस्तृत जानकारी गरौं।

तपाइँ यो एपबाट के गर्न सक्नुहुन्छ?

कम्पनीले दिएको जानकारी अनुसार शाओमी सर्भिस प्लस एपमा एआई च्याटबटहरू हुनेछन्। यस बाहेक, प्रयोगकर्ताहरूले यहाँ लाइभ एजेन्ट च्याटको सुविधा पनि पाउनेछन्। फोन र अन्य डिभाइसहरू मर्मत गर्नुका साथै प्रयोगकर्ताहरूले यस एपमार्फत डिभाइसको इन्स्टलेशन र ‘डेमो’ बुक गर्न सक्छन्। हाल यो एप गुगल प्ले स्टोरमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस एपमा प्रयोगकर्ताले २४ सै घण्टा ग्राहक सहयोग पाउने कम्पनीको दाबी छ । यस एपमा, प्रयोगकर्ताले शाओमी उपकरणहरूको वारेन्टी विवरणहरू जाँच गर्न, नजिकैको सेवा केन्द्रहरू पत्ता लगाउन र आफ्नो उपकरणहरूको स्पेयर पार्ट्सको मूल्य पत्ता लगाउन सक्षम हुने बताईएको छ।

यो एप फोनको लागि मात्र होइन, तपाईले यहाँ बाट शाओमीको अन्य उत्पादनहरुसंग सम्बन्धित गुनासो वा जानकारी पनि प्राप्त गर्न सक्नुहुनेछ।

यदि तपाईंसँग एमआई बियर्ड ट्रिमर, एमआई टिभी, एमआई एयरपिओपी मास्क, यूएसबी केबल जस्ता डिभाइसहरू छन् भने, तपाईंले तिनीहरूसँग सम्बन्धित गुनासो पनि यो एपमा गर्न सक्नुहुनेछ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार