महामारीका कारण आपूर्तिमा समस्याका बाबजुद सामसङको मुनाफा ५३ प्रतिशतले वृद्धि

  • Technology Khabar | १४ माघ २०७८, शुक्रबार
महामारीका कारण आपूर्तिमा समस्याका बाबजुद सामसङको मुनाफा ५३ प्रतिशतले वृद्धि

काठमाडौं ।

दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ। उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताले सन् २०२१ को अक्टोबर–डिसेम्बर अवधिको लागि यसको सञ्चालन मुनाफा १३.८७ अर्ब वन (करिब ११ अर्ब ५५ करोड अमेरिकी डलर) पुगेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सात अर्ब ५० करोड अमेरिकी डलरले बढी हो ।

मेमोरी चिपको उच्च मूल्य र उपभोक्ताको तीव्र मागले गर्दा सन् २०२१ मा सामसङले सबैभन्दा बढी वार्षिक बिक्री २७९।६ ट्रिलियन खर्ब प्राप्त गरेको थियो । यो एक वर्ष पहिलेको भन्दा १८ प्रतिशतको वृद्धि भएको कम्पनीले तथ्याङ्कमा उल्लेख गरिएको फाइलिङमा बतायो।

सामसङले निरन्तर अनिश्चितताको बावजूद प्रतिस्पर्धी उत्पादनको कारण उच्च बिक्री गर्न सफल भएको बताएको छ। कम्पनीले आफ्नो स्मार्टफोनप्रतिको आकर्षण थप बलियो बन्दै गएको पनि दावी गरेको छ ।

कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा समस्या ल्याएको भएपनि यसले थुप्रै प्राविधिक कम्पनीहरूको प्रगतिमा मद्दत गरेको छ।

महामारीका कारण घरबाटै काम गर्ने क्रम बढेसँगै सामसङको चिप्सबाट संचालित उपकरणहरुको मागमा पनि वृद्धि भएको छ। साथै टेलिभिजन तथा वासिङ मेसिन जस्ता घरेलु उपकरणहरुको पनि प्रयोगमा वृद्धि भएको छ ।

तर सामसङपछि दक्षिण कोरियाको दोस्रो ठूलो उपकरण कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा २१.४ प्रतिशतले घटेको बताएको छ । एलजीले यो वर्ष चौथो त्रैमासिकमा आफ्नो मुनाफामा ६७७.७ अर्ब वन मात्र रहेको बताएको छ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार