रेडमी नोट ११ नेपाली बजारमा

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
रेडमी नोट ११ नेपाली बजारमा

काठमाडौं ।

शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र चिपसेटमा शक्तिशाली अपग्रेडहरू ल्याउँदै फ्ल्यागशिप फोनलाइ सबैको पहुचमा पुर्याउने उद्धेश्यले आजदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “ लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ , जसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ । फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।”

फ्ल्यागशिप क्यामराको अनुभव अझ निखार्नको लागि रेडमी नोट ११ मा ५० मेगापिक्सेल मुख्य क्यामरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेल म्याक्रो क्यामरा र द्द मेगापिक्सेल डेप्थ क्यामरा सहित आएको छ जसले तपाईंलाई आफ्नो अमुल्य क्षणहरू उच्च रिजोल्युसनमा खिच्न र शेयर गर्न सजिलो बनाएको छ । ११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपिको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।

१२० हर्ज सम्मको उच्च रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ् रेट सहितको रेडमी नोट ११ ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ तपाइँको स्क्रिन अनुभवलाई अझ राम्रो बनाउँछ। र अझ यसको फिङर टच त झनै प्रेसाइज छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा फूलएचडी प्लस एमोलेड डट डिस्प्लेले डिसीआई पीथ्री वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिन साइज भएको नोट ११ मा फूलएचडी प्लस एमोलेड डट डट डिस्प्लेले डिसीआई पीथ्री वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, र चहकिलो उज्यालोमा पनि राम्रोसँग स्क्रिन हेर्न सकिन्छ।

फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ। साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिन्छ ।

फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।
रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८बाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

४ जीबी + ६४ जीबी भेरियन्ट रु २२,९९९
४ जीबी + १२८ जीबी भेरियन्ट रु २४,९९९
६ जीबी + १२८जीबी भेरियन्ट रु २६,९९९

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार