Technology Khabar १३ माघ २०७८, बिहीबार
काठमाडौं ।
टेन्सेन्ट होल्डिङसले डुयु इन्टरनेशनल होल्डिङ्स लिमिटेडलाई निजीकरण गर्ने योजना बनाएको छ।
चिनियाँ भिडियो गेम कम्पनी टेन्सेन्टका कार्यकारीहरुबीच कम्पनीको रणनीतिका बारेमा एकमत नभएपछि यस्तो निर्णय भएको उक्त मामिलासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
नास्दाकमा सूचीकृत डुयुमा ३७ प्रतिशत शेयरसहित सबैभन्दा ठूलो शेयरहोल्डर टेन्सेन्टले कम्तीमा एउटा निजी इक्विटी संस्था तथा इन्भेस्टमेन्ट बैंकसँग छलफल गरिरहेको उल्लेख गरिएको छ।
कम्पनीले यसै वर्षभित्र यो सम्झाैता सम्पन्न गरिसक्ने योजना बनाएको स्रोतले बताएको रोयटर्सले जनाएको छ।
डुयु टेन्सेन्टको मुख्य गेम मार्केटिङ कम्पनीका साथै चीनको दोस्रो नम्बरको भिडियो गेम स्ट्रिमिङ साइट टेन्सेन्टको प्रि-मार्केट ट्रेड १२.७ प्रतिशतले बढेको थियो।
टेन्सेन्टले ठूलो प्रतिस्पर्धी हुया इंकसँग गत वर्षको जुलाईमा मर्ज हुने योजना बनाएकोमा नियामकले प्रतिस्पर्धाविरोधी आधारमा प्रतिबन्ध लगाएपछि व्यवसायको रणनीतिमा कम्पनीले विवाद गर्दै आएको छ।
कम्पनीसँग सम्बद्ध स्रोतहरुका अनुसार डुयुका कार्यकारीहरु गेम लाइभस्ट्रिमलाई नै मुख्य व्यवसाय बनाउने हो वा अझ बढी नाफा हुने मनोरञ्जन लाइभस्ट्रिमिङमा जाने भन्नेबारेमा मत बाझिएको छ।
प्रकाशित: १३ माघ २०७८, बिहीबार