अनुमतिबिना भारतमा ड्रोन उडाउन नपाइने, ड्रोन धनी र पाइलट पनि दर्ता हुनुपर्ने

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
अनुमतिबिना भारतमा ड्रोन उडाउन नपाइने, ड्रोन धनी र पाइलट पनि दर्ता हुनुपर्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

भारतले ड्रोन उडानलाई नियमन गर्ने तथा सो क्षेत्रको प्रबर्द्धन गर्ने गरी नयाँ नियम ल्याएको छ। भारतको केन्द्र सरकारले बुधवार ड्रोन प्रमाणीकरण योजनालाई प्रमाणित गरेको छ। नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै सरकारले भारतलाई विश्वकै अग्रणी ड्रोन प्रणाली बनाउने दिशामा काम गरिरहेको उल्लेख गरेको छ।

भारतीय मिडियाहरुकाअनुसार नयाँ नियममार्फत लाखौं ड्रोनहरूले पूर्ण सुरक्षाका साथ भारतीय उड्डयन क्षेत्र प्रयोग गर्न सक्नेछन्। यसले भारतमा भौतिक र डिजिटल पूर्वाधार निर्माण गर्न मद्दत गर्ने बताईएको छ। साथै, ड्रोनको प्रमाणीकरण सजिलो र पारदर्शी हुनेछ। यसले प्रक्रियालाई पनि गति दिनेछ।

सरकारले गत वर्ष अगस्टमा नयाँ ड्रोन नियम २०२१ जारी गरेको थियो। ड्रोन नियम २०२१ ले ड्रोनका लागि विश्वव्यापी प्रमाणीकरण र राम्रो फ्रेमवर्क स्थापना गर्न सम्भव बनाउँछ। यसले व्यावसायिक ड्रोन टेक्नोलोजीलाई उपयुक्त सुरक्षा उपायहरूसँग सजिलैसँग बढ्न अनुमति दिने उल्लेख छ।

सरकारले ड्रोन दर्ता र सञ्चालनका लागि डिजिटल स्काई प्लेटफर्म तयार गरेको छ। यसले भारतको ड्रोन निर्माण उद्योगलाई ड्रोन नियमहरूको एकल विन्डोको साथसाथै एयरस्पेस नक्सा, पिएलआई योजना र डिजिटल स्काई प्लेटफर्मको माध्यमबाट बढ्न मद्दत गर्नेछ।

सो प्लेटफर्ममा भारतमा उडाउन चाहने प्रत्येक ड्रोन प्रयोगकर्ताले एक पटक दर्ता गर्नुपर्नेछ। यसमा ड्रोनसँगै यसको मालिक र पाइलटलाईपनि दर्ता गरिनेछ। कुनै पनि यल्लो वा रेड जोनमा ड्रोन उडान गर्नुभन्दा पहिले अनुमति लिनुपर्नेछ।

भारतको नयाँ नीतिमा ड्रोनलाई कुनै पनि सवारीसाधनको रुपमा लिईएको मिडिया  रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार