ह्वावेद्वारा चीनबाहिरको बजारमा हाइ-इन्ड स्मार्टफोन सार्वजनिक

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
ह्वावेद्वारा चीनबाहिरको बजारमा हाइ-इन्ड स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन जायन्ट ह्वावेले अन्तरराष्ट्रिय बजारमा आफ्ना हाइ-इन्ड स्मार्टफोनहरु सार्वजनिक गरेको छ।

अमेरिकी प्रतिबन्धपछि विश्व बजारमा आफ्नो खस्कँदै गएको स्थानका बावजूद कम्पनीले यस्तो निर्णय गरेको हो।

कम्पनीले बुधबार पी५० प्रो तथा फोल्डेबल पी५० पकेट स्मार्टफोन चीनबाहिरको बजारमा सार्वजनिक गर्ने घोषणा गरेको हो। यी डिभाइसहरु चीनमा गत वर्ष सार्वजनिक भएका थिए।

तर अमेरिकी प्रतिबन्धका कारण यी दुवैमध्ये कुनै डिभाइसमा पनि फाइभजी कनेक्टिभिभटी उपलब्ध छैन। बरु यिनमा अमेरिकी कम्पनी क्वालकमको फोरजी कनेक्शन सपोर्ट गर्ने चिपसेट राखिएको छ।

पी५० प्रो मा ६.६ इन्चको डिस्प्ले तथा दुई ओटा ठूला क्यामरा मोड्युल रहेका छन्। त्यस्तै फोल्डेबल पी५० पकेटको डिजाइन पट्याएर खल्तीमा राख्न सकिने हिसाबले गरिएको छ। यी दुवै डिभाइस ह्वावेका विविध हार्डवेयर उत्पादनसँग सिंक गर्न सकिने खालका छन्।

पी५० प्रोको शुरुवाती मूल्य ११९९ यूरो अर्थात् १३५३ डलर तोकिएको छ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...