
काठमाडौं ।
युरोपेली संघको एक प्रमुख अदालतले इन्टेलको पक्षमा निर्णय गर्दै १.०६ अर्ब यूरो ( करिब १.२अर्ब डलर) एन्टिट्रस्ट जरिवानालाई उल्टाएको छ, जुन २००९ मा अमेरिकी चिप निर्माता इन्टेलको विरुद्ध लगाइएको थियो।
इन्टेलले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अनुचित रूपमा दबाउने प्रयास गरेको आधारमा ईयूको कार्यकारी शाखा युरोपेली आयोगले जरिवाना लगाएको थियो।
इन्टेलले २००२ र २००७ को बीचमा “एक्स८६ २” डाटा सेन्टर प्रोसेसरहरूको लागि बजारबाट प्रतिस्पर्धीहरूलाई बहिष्कार गर्ने उद्देश्यले रणनीति लागू गरेर विश्वव्यापी बजारमा आफ्नो प्रभुत्वको स्थितिलाई दुरुपयोग गरेको आयोगले दावी गरेको थियो।
इंटेलको तर्कको समर्थनमा युरोपको दोस्रो-शीर्ष अदालतले गरेको फैसलाले अल्फाबेट इकाई गुगललाई भारी ईयू एन्टिट्रस्ट जरिवाना माफ गरेसँगै एप्पल, अमेजन तथा फेसबुक, जो ईयू एन्टिट्रस्ट नियमनकर्ताको निगरानीमा छन् विरुद्धको लडाईमा खुशी पार्ने सम्भावना छ।
युरोपको दोस्रो-उच्चतम लक्जमबर्ग स्थित जनरल अदालतले ईयू प्रतिस्पर्धा नियमनकर्ताको विश्लेषणको आलोचना गरेर सो जरिवाना रद्द गरेको हो।
प्रकाशित: १३ माघ २०७८, बिहीबार