राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्युआर टेलर सेवा शुरु

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्युआर टेलर सेवा शुरु

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले गत माघ १० गतेबाट सेवाको शुभारम्भ गरेको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको शुभारम्भ गरे।

बैंकले मोवाइल बैंकिङ सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी २ लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ।अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन्।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ।

हाल देशभर बैंकको २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ सेवा संचालनमा रहेको जनाएको छ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार