
काठमाडौं ।
ग्लोकल आफ्टर स्कुलले एपेक्स कलेजको सहकार्यमा नलेज माएस्ट्रो अनलाइन लाइभ क्विइज (Knowledge Maestro- Online Live Quiz) एक दिने अनलाईन हाजिरीजवाफ प्रतियोगता आयोजना गर्न लागेको छ।
प्रतियोगितामा १६–२४ बर्षका युवावर्गहरुले निशुल्क प्रतिस्पर्धा गर्नेछन् र यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो। विगतका दिनहरूमा नलेज माएस्ट्रोको ४ संस्करणहरू सफलता पूर्वक आयोजना गरिएको बताईएो छ।
आयोजककाअनुसार यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सन्चालन गरिनेछ। प्रतियोगिता २ फरक विधामा सन्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ।
दुबै विधामा आवेदन खुलेको आयोजकले जानकारी दिएको छ। दुबै विधा प्रतियोगिताका बिजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ ।
यसको लागि प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनुपर्नेछ भने सबै प्रतियोगीसँग ल्यापटप, मोबाइल जस्ता २ ओटा उपकरण हुनुपर्नेछ। त्यसैगरी सहभागीहरूसँग इन्टरनेट नेटवर्क कनेक्सन हुनुपर्दछ।
प्रतियोगिताका लागि आवेदन दिन इच्छुक प्रतियोगीहरुले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन्।
आइटी तथा व्यापार एवम् पर्यटन र आतिथ्य विधाको आवेदन भर्ने अन्तिम मिती क्रमशः फेब्रुअरी ११ तथा १० निर्धारण गरिएको जनाएको छ।
प्रकाशित: १२ माघ २०७८, बुधबार