भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले पुरा गर्यो ५ बर्ष

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले पुरा गर्यो ५ बर्ष

काठमाडौं ।

सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ। हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ।

कम्पनीकाअनुसार कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। खल्तीले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा खल्ती, ‘मात्र ५ बर्षको’ भएको हो। यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ।

यसै अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत, बिनय खड्का, भन्छन्,“आगामी दिनहरूमा हरेक उमेर समुहलाई खल्ती प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ खल्तीलाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष/अप्रत्यक्ष रुपमा खल्तीसँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई खल्ती टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।”

साथै आजको दिन सम्मको सुनौलो यात्रा सम्झिदै खल्तीका संस्थापक तथा डाइरेक्टर अमित अग्रवालले भने “हामी हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सो अनुसारको को सहज सुविधा ल्याउन प्रयत्नरत छौँ। यसको लागि विभिन्न सेवा, सुविधा तथा आकर्षक अफरहरु समय अनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेका छौँ। र हरेक दिन, हिजो भन्दा आज र आज भन्दा भोलि अझ राम्रो हुँदै जानेछौं।“

हाल २३० संख्यामा रहेको खल्ती परिवारले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्ताहरूमाझ समर्पित गर्दै ५औं बार्षिकोत्सबको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘रिफर एण्ड अर्न’ को धमाकेदार अफर पनि ल्याएको जनाएकोछ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार