६ महिनामा भित्रिए ३ करोड रुपैयाँभन्दा बढीका ज्वरो नाप्ने थर्मल गन

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
६ महिनामा भित्रिए ३ करोड रुपैयाँभन्दा बढीका ज्वरो नाप्ने थर्मल गन

काठमाडौं ।

-साजन सुवेदी

नेेपालमा यो आर्थिक वर्षको शुरुवाती ६ महिनामा ३ करोड २० लाख ९६ हजार रुपैयाँ बराबरको ज्वरो नाप्ने डिजिटल इन्फ्रारेड थर्मोमिटर (थर्मल गन) आयात भएका छन्।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को आधा समय अर्थात् शुरुवाती ६ महिनाको प्रतिवेदन अनुसार २०७८ श्रावणदेखि पुष मसान्तसम्म नेपालमा १ लाख ९७ हजार ४८७ ओटा थर्मल गन भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट १ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९ हजार २०२ ओटा थर्मल गन आयात पाइएको छ।

यसपछि भारतबाट १ करोड १४ लाख ६९ हजार बराबरको ८८ हजार २१० थान, इटलीबाट ७ लाख ३१ हजार रुपैयाँ बराबरको २६ थान, नाम नखुलेको क्षेत्रबाट १२ हजार बराबरको २० थान, हङकङबाट १ हजार बराबरको १६ थान डिजिटल इन्फ्रारेड थर्मोमिटर आयात भएको प्रतिवेदनले देखाएको छ।

यसबाहेक कोरिया र बेलायतबाट १४ हजार र १ हजार बराबरको २-२ थान तथा नेदरल्याण्ड्स र अष्ट्रियाबाट क्रमश: ६९ हजार र ३ हजार रुपैयाँ बराबरको १-१ ओटा डिजिटल इन्फ्रारेड थर्मोमिटर आयात भएको तथ्याङ्क छ।

कोरोना महामारीका बीच पटक पटक आफैंले पनि बेला बेला ज्वरो नापिरहनु पर्ने र कुनै पनि संघसंस्थामा कुनै व्यक्ति प्रवेश गर्नुअघि उसलाई नछोई इन्फ्रारेडका माध्यमबाट ज्वरोको स्थिति पत्ता लगाउनु पर्ने भएकाले थर्मल गन अर्थात् इन्फ्रारेड डिजिटल थर्मोमिटरको खपत केही समययता निकै बढेको देखिन्छ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार