उड्ने कारले स्लोभाकियामा पायो एयरवर्दिनेस सर्टिफिकेशन

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
उड्ने कारले स्लोभाकियामा पायो एयरवर्दिनेस सर्टिफिकेशन

काठमाडौं ।

एउटा उड्ने कारले स्लोभाकियामा एयरवर्दिनेस सर्टिफिकेट पाएको छ।

उक्त उड्ने कार १६० किमी प्रतिघण्टाको गतिमा  ८ हजार फिटमाथिसम्म उडान गर्न सफल भएकाले स्लोभाक ट्रान्स्पोर्ट अथोरिटीले एयरवर्दिनेश सर्टिफिकेट प्रदान गरेको हो।

एयरकार नाम गरेको उक्त कार-विमानमा बीएमडब्लूको इन्जिन राखिएको छ भने सामान्य पेट्रवलबाट नै चल्ने बीबीसीले उल्लेख गरेको छ।

यो सवारीलाई कारबाट विमानमा परिणत हुन २ मिनेट १५ सेकेन्डमात्र लाग्छ। करिब ७० घण्टाको उडान तथा २ सय पटक उडान र अवतरणको परीक्षणपछि मात्र उक्त सर्टिफिकेट प्राप्त भएको कम्पनीले जनाएको छ।

‘एयरकारलाई प्रदान गरिएको सर्टिफिकेशनले प्रभावकारी उड्ने कारको बृहत् उत्पादनको मार्गप्रशस्त गरिदिएको छ’, यसका सर्जक प्रोफेसर स्टेफान क्लेनले भने।

यो आधिकारिक भएको र अब मध्यम दूरीको यात्रालाई परिवर्तन गराउने उनको क्षमताको अन्तिम सुनिश्चितता बाँकी रहेको पनि क्लेनले थपे।

गत वर्षको जुनमा उक्त उड्ने कारले निट्रा तथा ब्रातिस्लाभामा रहेका अन्तरराष्ट्रिय विमानस्थलमा ३५ मिनेटसम्म उडान भरेको थियो।

भविष्यमा पेरिसबाट लण्डनसम्मको उडान भर्ने योजना रहेको कम्पनीले बीबीसीलाई बताएको छ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार