सेमिकन्डक्टर कम्पनीका माैज्दात ओरालो लाग्न थालेको अमेरिकाको भनाई

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
सेमिकन्डक्टर कम्पनीका माैज्दात ओरालो लाग्न थालेको अमेरिकाको भनाई

काठमाडौं ।

सेमिकन्डक्टर चिप निर्माताहरुले वैश्विक चिप अभाव चल्दै गर्दा आफूसँग रहेका चिपहरुको माैज्दात घट्दै गएको बताएका छन्।

हालै अमेरिकाको व्यापार मन्त्रालयले चिप निर्माताहरुलाई उद्धृत गर्दै चिपको मोज्दात घट्दै गएको चेतावनी दिएको हो।

१५० भन्दा बढी संस्थाहरुमा गरिएको सर्वेक्षणबाट सेमिकन्डक्टरको मोज्दात सन् २०१९ को भन्दा ४० दिनले तथा २०२१ को पछिल्ला दिनको भन्दा ५ दिनले घटेको पाइएको बीबीसीले जनाएको छ।

कोरोना महामारीका बीचमा स्मार्टफोन लगायतका डिभाइसहरुको बिक्री निकै चुलिएका कारण सेमिकन्डक्टर निर्माताहरुले मागअनुसारको उत्पादन गर्न निकै कठिनाइ परेको बुझिएको छ।

चिप अभावका कारण कार वाशिङ मेशिन स्मार्टफोनलगायतका लाखो डिभाइसहरुको निर्माण तथा तिनीहरसँग सम्बन्धित उद्योग नराम्ररी प्रभावित भएका छन्।

‘आकाशिँदो माग तथा विद्यमान निर्माण फ्यासिलिटीको पूर्ण उपयोगबाट के थाहा हुन्छ भने यो चुनाैतीको एकमात्र दीर्घकालीन समाधान भनेको हाम्रो आन्तरिक निर्माण क्षमता अभिवृद्धि गर्नु नै हो’,अमेरिकी व्यापारमन्त्री जिना राइमोन्डोले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार