
काठमाडौं ।
दक्षिण कोरियाको एलजी इनर्जी सलुसनले अमेरिकी विद्युतीय सवारी (इभी) ब्याट्री प्लान्ट निर्माण गर्न जनरल मोटर्ससँग २.१ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ। कम्पनीको अभिभावक फर्म एलजी केमले सो योजना बारे मंगलबार बताएको हो।
एलजी र जीएमले संयुक्त राज्य अमेरिकामा तिनीहरूको यूएस-आधारित ब्याट्री संयुक्त उद्यम अल्टियम सेल्स, मार्फत समान रूपमा परियोजनालाई फन्ड गर्ने अपेक्षा गरिएको छ, जुन उनीहरुको तेस्रो संयुक्त ब्याट्री प्लान्ट हुने एलजी केमको नियामक फाइलिङहरूले देखाएको रोयटर्सले उल्लेख गरेको छ।
एलजी इनर्जीले नयाँ प्लान्टको स्थान वा उत्पादन क्षमताको बारेमा विवरण दिन अस्वीकार गर्यो।
एलजी इनर्जीले विश्वव्यापी विद्युतीय सवारीको ब्याट्री बजारको २० प्रतिशत भन्दा बढी कमाण्ड गर्दछ र यसले टेस्ला इंक, फक्सवागन एजी र हुन्डाई मोटर कम्पनीलाई आपूर्ति गर्दछ।
यसले ओहायो र टेनेसीमा जीएमसँग ७० गीगावाट ब्याट्री उत्पादन गर्न पहिले नै दुई प्लान्टहरू निर्माण गरिरहेको छ, जसले २०२४ सम्ममा लगभग १० लाख इलेक्ट्रिक भेहिकलहरुलाई पावर गर्न सक्छ।
प्रकाशित: १२ माघ २०७८, बुधबार