६ महिनामा झण्डै २ लाख थान इलेक्ट्रोनिक-सिगरेट आयात, सबैभन्दा बढी चीनबाट

  • Technology Khabar | १२ माघ २०७८, बुधबार

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ६ महिनामा ६९ लाख ४५ हजार रुपैयाँ बराबरका ई-सिगरेट अर्थात् इलेक्ट्रोनिक-सिगरेट आयात भएका छन्।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को पुष मसान्तसम्मको प्रतिवेदनमा नेपालमा ६ महिनाको अवधिमा १ लाख ९१ हजार ११५ ओटा ई-सिगरेट भित्रिएका तथ्याङ्क छ।

आयात भएका उक्त परिमाणका ई-सिगरेटहरुमध्ये सबैभन्दा बढी चीनबाट ५६ लाख ७० हजार रुपैयाँ बराबरको १ लाख ५४ हजार १०९ ओटा आएको देखिएको छ।

यसपछि हङकङबाट १० लाख ४२ हजार रुपैयाँ बराबरको ३४ हजार ५७३ थान, १ लाख ६६ हजार रुपैयाँ बराबरको १ हजार ९५६ थान, मलेसियाबाट ४५ हजार रुपैयाँ बराबरको ४ सय थान, अमेरिकाबाट १९ हजार बरबारको ७५ थान तथा भारतबाट २ हजार बराबरको २ थान इलेक्ट्रोनिक सिगरेट आयात भएको तथ्याङ्क छ।

विशेषगरी युवावर्गले प्रयोग गर्ने यस्ता डिभाइसहरु एक पटक किनेपछि धेरै समय प्रयोग गर्न मिल्ने तथा प्राविधिक हिसाबको भएकाले बोकेर हिँड्न पनि सहज हुन्छ।

यस्तो छ नेपालमा ई-सिगरेट आयातको ६ महिनाको तथ्याङ्क

महिनाआयात भएको परिमाणआयातका लागि गरिएको खर्च नेरु.वृद्धि (सङ्ख्या)
श्रावण५, ७३७७, ४५, ०००
भाद्र७, २६५६, ७९, ०००१, ५२८
आश्विन४४, ५७९२१, ४१, ०००३७, ३१४
कार्तिक८८, ४४२३२, ७२, ०००४३, ८६३
मंसिर१, ५६, ८२४४६, ०७, ०००६८, ३८२
पुषसम्म१, ९१, ११५६९, ४५, ०००३४, २९१

सन् २०१९ सम्म विश्वभरमा ४ सयभन्दा बढी ब्रान्ड रहेको बताइएका ई-सिगरेटहरु १५० भन्दा बढी स्वादमा उपलब्ध हुने र यिनीहरुको साइज पनि फरक फरक हुने पाइएको छ।

विशेषगरी सलाई/लाइटर नचाहिने र यसलाई प्रयोग गर्दा वास्तविक धुम्रपानको जस्तो मुखमा दुर्गन्ध नआउने भएकाले यसको अत्यधिक प्रयोग बढेको भन्दै भारतमा सन् २०१९ मै ई-सिगरेटमाथि प्रतिबन्ध लगाइएको थियो।

यसबाहेक अमेरिकामा पनि ई-सिगरेटको लतका कारण मानिसको ज्यानसम्म जाने खतरा बढेकाले प्रतिबन्ध लगाइएको छ।

सामान्यतया: धुमपानको लत लागेका व्यक्तिहरुलाई त्यसबाट छुटाउनका लागि सहयोगी हुने हिसाबले शुरु गरिएको ई-सिगरेटको धुवाँमा वास्तविक धुमपानबाट निस्कने धुवाँमा भन्दा बढी निकोटिन हुने र यसले उक्त ई-सिगरेट प्रयोग गर्ने व्यक्तिबाहेक नजिकै रहेका व्यक्तिहरुको स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने अनुसन्धान हरुले देखाएका छन्।

नेपालमा पनि ई-सिगरेट आयातको परिमाण यसरी महिनैपिच्छे बढ्दै गएको अवस्थामा स्वास्थका दृष्टिकोणले कुनै दिन प्रतिबन्ध नलाग्ला भन्न सकिन्न।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार