मेटाभर्सलाई व्यवस्थित गर्न मेटासँग विश्वकै सबैभन्दा फास्ट एआई सुपरकम्प्युटर रहेको दावी

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
मेटाभर्सलाई व्यवस्थित गर्न मेटासँग विश्वकै सबैभन्दा फास्ट एआई सुपरकम्प्युटर रहेको दावी

काठमाडौं ।

मेटाले हालै विश्वकै सबैभन्दा तीव्र गतिको सुपरकम्प्युटर निर्माण गरेको छ।

कम्पनीले सोमबार रिसर्च सुपरकम्प्युटर अर्थात् आरएससी नामक उक्त सुपरकम्प्युटर बनाएको र यसमा ७६० ‌ओटा एनभिडिया ए१०० मोड्युलमा ६, ०८० ग्राफिक्स प्रोसेसिङ युनिट प्याकेज गरिएका बताएको छ।

कम्पनीका सीईओ मार्क जुकरबर्गका अनुसार यो सुपरकम्प्युटर आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित कामका लागि बनाइएको विश्वकै सबैभन्दा फास्ट कम्प्युटर हो।

उक्त सुपरकम्प्युटरको प्रोसेसिङ पावर एनभिडियाकै ६ हजारओटा जीपीयू प्रयोग गरिएको र हाल विश्वकै सबैभन्दा फास्ट सुपरकम्प्युटरको सूचीमा पाँचो नम्बरमा रहेको पर्लमट्टर सुपरकम्प्युटरको बराबर नै रहेको सीनेटले जनाएको छ।

मेटाले यो वर्ष दोस्रो चरणमा १६ हजार जीपीयू थपेर उक्त सुपर कम्प्युटरको तीव्रता २.५ प्रतिशतले बढाउने योजना बनाएको छ।

मेटाले ध्वनि, तस्बिर तथा गतिविधिको सम्मिश्रणबाट प्राप्त निष्कर्षका आधारमा काम गर्ने मल्टिमोडल एआईजस्ता नेक्स्ट लेभल पर्फर्मेन्सको आवश्यकता पर्ने अनुसन्धानका कामहरुमा आरएससीको प्रयोग गर्ने बताएको छ।

यो सुपरकम्प्युटर सम्मिलित अनुसन्धान हानीकारक कन्टेन्ट पत्ता लगाउने फेसबुकको सबैभन्दा ठूलो समस्याको समाधानका लागि सहयोगीसिद्ध हुनसक्ने अपेक्षा गरिएको छ।

प्रमुख एआई अनुसन्धाताका रुपमा रहेको मेटाले आरएससीमाथिको लगानी कम्पनीको मुख्य एजेन्डामा रहेको मेटाभर्स निर्माणमा निकै लाभदायक हुने अपेक्षा गरेको छ।

आरएससीको क्षमता यति छ कि उसले एउटा ठूलो समूहमा रहेका विभिन्न भाषाभाषीहरुका लागि एकैपटक कुनै मन्तव्यलाई अनुवाद गरिदिन सक्छ।

‘हामीले मेटाभर्सका लागि निर्माण गरिरहेको कार्यक्रमका लागि अति धेरै कम्प्युटर पावर आवश्यक पर्छ’, मेटाका सीईओ मार्क जुकरबर्गले विज्ञप्तिमा उल्लेख गरेका छन्।

आरएससीले खर्बाैं उदाहरणबाट सिक्न सक्ने, सयाैं भाषा बुझ्न सक्ने तथा अन्य थुप्रै फिचरयुक्त नयाँ एआई मोडललाई इनेबल गर्ने कमपनीको दावी छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार