सिम्फोनी ब्राण्डका मोबाइल ब्याट्री र चार्जरमा १ वर्षको वारेन्टी पाइने

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
सिम्फोनी ब्राण्डका मोबाइल ब्याट्री र चार्जरमा १ वर्षको वारेन्टी पाइने

काठमाडौं ।

नेपालका लागि सिम्फोनी ब्रान्डका मोबाइलहरुको आधिकारिक वितरक सिम्फोटेक प्रा.लि.ले ब्याट्री र चार्जरमा १ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ।

स्थापना भएको छोटो समयमै सिम्फोटेकले नेपाली स्मार्टफोन बजारमा आफूलाई स्थापित गरिसकेको छ।

कम्पनीले हाल नेपालभर नै आफ्नो नेटवर्क विस्तार गरिरहेको छ। स्मार्टफोनको बिक्रीमात्र नभई देशभरका विभिन्न ठाउँमा सर्भिस सेन्टर खोलेर कम्पनीले बिक्रीपछिको सेवा पनि उत्तिकै मात्रामा प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

यसैक्रममा हालै कम्पनीले आफ्ना ग्राहकहरुका लागि १६६००१४४४१११ नम्बरको टोल फ्री अर्थात् पैसा नलाग्ने नम्बर पनि उपलब्ध गराएको छ।

कम्पनीले हालसम्म नेपालमा बंगलादेशको एडिशन ग्रुपद्वारा निर्मित सिम्फोनी ब्रान्डका  ८ ओटा मोडलहरु बजारम उपलब्ध गराएको छ।

तीमध्ये तलका ६ ओटा मोडल ग्राहकहरुद्वारा अत्यधिक रुचाइएकामा पर्छन्:

मोडलसिम्फोनी जेड१८सिम्फोनी जेड३२सिम्फोनी जेड२८सिम्फोनी जेड३० प्रोसिम्फोनी जेड४० (द गेम्स्टर)सिम्फोनी जेड३३
डिस्प्ले६.५२ एचडी+ आईपीएस ६.५२ एचडी+६.५२ एचडी+ आईपीएस६.५२ एचडी+ आईपीएस६.५५ एचडी+ २.५ डी कर्भ्ड६.५२ एचडी+
क्यामरा१३+२/५ मेगापिक्सेल१३+२/५ मेगापिक्सेल१३+२/५ मेगापिक्सेल२‌+१३+५/८ मेगापिक्सेल२‌+१३+५/१३ मेगापिक्सेल२‌+१३/८ मेगापिक्सेल
स्टोरेज२जीबी/३२ जीबी३जीबी/३२ जीबी३जीबी/३२ जीबी४जीबी/६४ जीबी४जीबी/६४ जीबी३जीबी/३२ जीबी
प्रोसेसर१.८ गिगाहर्ज अक्टाकोर१.६ गिगाहर्ज अक्टाकोर१.८ गिगाहर्ज अक्टाकोर१.८ गिगाहर्ज अक्टाकोर२.३ गिगाहर्ज अक्टाकोर१.८ गिगाहर्ज अक्टाकोर
ब्याट्री५००० एमएएच लि.पो.५००० एमएएच लि.पो.४००० एमएएच लि.पो.५००० एमएएच लि.पो.५००० एमएएच लि.पो.५००० एमएएच लि.पो.
ओएसएन्ड्रोइड १०.०एन्ड्रोइड १०.०एन्ड्रोइड १०.०एन्ड्रोइड १०.०एन्ड्रोइड १०.०एन्ड्रोइड ११
कनेक्टिभिटीफोरजीफोरजीफोरजीफोरजीफोरजी भीओएलटीईफोरजी
एक्सपान्डेबल मेमोरी (जीबी सम्म)१२८१२८१२८१२८———१२८
मूल्य (नेरु.)१२,१९९१२,७९९१३,४९९१६,४९९१६,४९९१३,३४९

बंगलादेशको एडिशन ग्रुपद्वारा सञ्चालिक सिम्मफोनी ब्रान्डले शुरुवाती दिनमा बजेट फिचर फोन उत्पादन गर्ने गर्थ्यो तर पछि ब्रान्ड सफल भएपछि भने यसले आफ्नो पोर्टफोलियो बदलेर एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेट उत्पादमा हात हालेको हो।

ब्याट्री र चार्जरमा १ वर्षको वारेन्टी दिने सिम्फोनी नेपालमा पहिलो स्मार्टफोन ब्रान्ड रहेको छ भने बिक्रीपछिको उपभोक्ता सेवा, स्पेयर पार्ट्सको उपलब्धता, आकर्षक डिजाइन तथा अपडेटेड फिचरहरु नेपालमा सिम्फोनी मोबाइल फोनको विशेषता रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार