
काठमाडौं ।
टेक जायन्ट कम्पनी ह्वावे नयाँ स्मार्टफोनमा काम गरिरहेको रिपोर्ट बाहिर आएको छ। यो स्मार्टफोनका लागि कम्पनीले अर्को ब्राण्डसँग सहकार्य गरिरहेको बताइएको छ।
ह्वावेको यस सहायक कम्पनीको नाम टिडी टेक (TD Tech) हो, जसको साथ यो नयाँ स्मार्टफोनमा काम गरिरहेको छ। यो नयाँ डिभाइसको मोडल नम्बर अनलाइनमा सार्वजनिक भएको छ। यद्यपि, अन्य प्रमाणीकरण साइटहरूमा यस फोनको बारेमा कुनै जानकारी प्राप्त भएको छैन।
यसअघि, टिडी टेक एन८ प्रो नोभेम्बर २०२१ मा टिडी टेकद्वारा लन्च गरिएको थियो। त्यसपछि ह्वावेसँगको यो कम्पनीको दोस्रो स्मार्टफोन हुन सक्छ।
ह्वावेले काम गरिरहेको सो अज्ञात ५जी स्मार्टफोनलाई टिडी टेकको रूपमा ब्रान्ड गरिने रिपोर्टमा बताईएको छ। यस फोनको मोडेल नम्बर AVA-PA00 दिइएको छ। तर चीनको सर्टिफिकेशन साइट टेनामा यो डिभाइसको लिस्टिङमा थप जानकारी दिइएको छैन। यो सम्भव छ कि आउँदो दिनहरूमा, कम्पनीद्वारा फोनको बारेमा आधिकारिक घोषणा हुन सक्छ।
टिडी टेकको एउटा स्मार्टफोन नोभेम्बर २०२१ मा चीनमा टिडी टेक एन८ प्रो नामक लन्च गरिएको थियो। सो डिभाइस ह्वावे नोभा ८ प्रो ५जी को रिब्रान्डेड मोडेल थियो। यो फोन सार्वजनिक भएपछि टिडी टेकले ह्वावेका लगभग सबै उत्पादनहरू सार्वजनिक गर्ने घोषणा गरेको थियो जसमा स्मार्टफोन, ट्याब्लेट,वेयरेबल डिभाइस र स्मार्ट टिभीहरू पनि समावेश हुनेछन्।
यस घोषणा पछि, ह्वावे मेट ४० ई फाइभजीको टिडी टेक संस्करण पनि थ्रीसी प्रमाणीकरण साइटमा देखियो। यसको मोडेल नम्बर TDT-MA01 भनिएको थियो। यस सूचीमा, यो फोनको ब्याट्री चार्जिंग विवरणमा दिईएको जानकारीअनुसार यसले ४४ वाट फास्ट चार्जिङलाई समर्थन गर्नेछ। यति मात्र होइन, यो टिकटक भिडियोमा पनि देखिएको छ। तर त्यसपछि फोनको बारेमा कुनै जानकारी आएको छैन।
ह्वावे कम्पनीलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि स्मार्टफोन बजारमाबाट कम्पनी बाहिरिँदैछ र अन्य क्षेत्रमा हात हालिरहेको छ। यसका साथै आफ्नै उत्पादनहरू बनाउनुका साथै ह्वावेले अन्य कम्पनीहरूसँग पनि मिलेर काम गरिरहेको छ। जसमा सफ्टवेयर र हार्डवेयरमा सहकार्य गर्ने गर्दछ।
प्रकाशित: १० माघ २०७८, सोमबार