वनप्लस १०आरको विवरण लीक, छिट्टै आउन सक्ने

  • Technology Khabar | १० माघ २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्नो वनप्लस १०आर स्मार्टफोन छिट्टै ल्याउन सक्ने देखिएको छ।

हालै उक्त डिभाइसका सम्भावित  विवरण लीक भएका छन्।

सामान्यतया: वनप्लसले क्षेत्रीय बजारका लागि बनाएका आर ब्रान्डका मोडलहरु फ्ल्यागशिप हुन् भने नर्ड र नर्ड सीई मिड रेन्जर तथा नर्ड एन इन्ट्री लेभल मोबाइलहरु हुन्।

हालै वनप्लस १०आर चीन तथा भारतीय बजारमा आउन लागेको र यसमा १२० हर्ज रिफ्रेश रेटसहितको एमोलेड डिस्प्लेका साथमा कम्तीमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहने तथ्य लीक भएको हो।

लीक अनुसार यो डिभाइसमा मिडियाटेकको डाइमेन्सिटी ९००० चिपसेट रहने बताइएको छ। केही क्षेत्रहरुमा मात्र उपलब्ध हुने यो डिभाइस कम्पनीले यसै वर्षको दोस्रो त्रैमाससम्ममा सार्वजनिक गरिसक्ने आकलन गरिएको छ।

यो डिभाइस गत वर्षको अक्टोबरमै सार्वजनिक हुने तय भएकोमा अक्सिजनओएस १२मा आएको केही समस्याका कारण उक्त समयसम्म धकेलिएको हो। यसले गर्दा यसअघिको वनप्लस ९आरटी लाई केही राहत पुगेको जीएसएमएरिनाले जनाएको छ।

यसबाहेक यसका अन्ष विवरणबारे केही खुलाइएको छैन भने कम्पनीका तर्फबाट कुनै आधिकारिक जानकारी पनि उपलब्ध गराइएको छैन।

 

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया