इकमर्स प्लेटफर्म बिजबजारको आधिकारीक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेश हब

  • Technology Khabar | ९ माघ २०७८, आईतवार
इकमर्स प्लेटफर्म बिजबजारको आधिकारीक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेश हब

काठमाडौं ।

‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नाराका साथ भर्खरै सञ्चालनमा आएको बिजबजार इकमर्स प्लेटफर्मको बागमती विशेष प्रदेश (काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाहरू) को आधिकारीक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेश हब प्रा.लि. नियुक्त भएको छ।

यस सम्बन्धी सम्झौता पत्रमा बिजबजार र साइन्टिफिक विजनेश हव प्रा.लि. बीच हालै हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रीब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक विजनेश हवका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन्। यस क्षेत्रमा साइन्टिफिक विजनेश हब प्रा.लि. ले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ।

बिजबजारले देशका ७७ वटै जिल्लाहरूबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना आधिकारीक बिजनेस पार्टनरहरू नियुक्त गरिसकेको जनाएको छ।

प्रकाशित: ९ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार