राष्ट्रविरोधी समाचार फैलाएको भन्दै भारतद्वारा ३५ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध

  • Technology Khabar | ९ माघ २०७८, आईतवार

काठमाडौं ।

भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले राष्ट्रविरोधी भएको भन्दै ३५ ओटा युट्युब च्यानलहरु बन्द गर्न आदेश दिएको छ। यससँगै दुईवटा वेबसाइट पनि ब्लक गरिएको छ। यी च्यानल र वेबसाइटहरू पाकिस्तानबाट सञ्चालित थिए।

यी च्यानलहरूमा १.२० करोड भन्दा बढी सदस्यहरू थिए। भारतीय मिडिया रिपोर्टहरुका अनुसार भारतीय एजेन्सीहरुले लामो समयदेखि यी च्यानलहरुको अनुगमन गरिरहेका थिए।

यसअघि गत वर्षको डिसेम्बरमा पनि यस्ता २० च्यानल ब्लक गरिएको थियो ।

भारतविरुद्ध अफवाह फैलाएको भन्दै केन्द्र सरकारले प्रतिबन्ध लगाएका ३५ युट्युब च्यानलमा १२ करोडभन्दा बढी सब्सक्राइबर र १ करोड ३० लाख हेरिएका थिए। भारत सरकारले यस्तो कदम चालेको यो पहिलो पटक भने होइन।

भारत सरकारले यसअघि पनि सामाजिक सञ्जालमा राष्ट्रविरोधी सामग्री देखाइएपछि धेरै पटक यस्तो कडा कदम चालेको छ। गत वर्ष डिसेम्बर २१ मा पनि सूचना तथा प्रसारण मन्त्रालयले यस्ता २० युट्युब च्यानलमा प्रतिबन्ध लगाएको थियो । यसबाहेक दुईवटा वेबसाइट पनि ब्लक गरिएको छ।

झुटा समाचार फैलाएर देशमा भय र त्रासको वातावरण सिर्जना गर्न खोज्ने मञ्चमा कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ । सूचना तथा प्रसारण मन्त्रालयले प्रतिबन्ध लगाएका ३५ प्लेटफर्ममध्ये दुई ट्विटर एकाउन्ट, एउटा फेसबुक र दुई इन्स्टाग्राम एकाउन्ट पनि पर्छन् ।

सूचना र प्रसारण सचिव अपूर्व चन्द्रले एक पत्रकार सम्मेलनमा भने, “हामीले यी च्यानलहरूलाई आईटी ऐनको धारा ६९ए को आपतकालीन प्रावधान प्रयोग गरेर रोक लगाएका छौं। तिनीहरूको सामग्री अत्यधिक घृणा फैलाउने र भारतको एकतालाई हानी गर्ने किसिमको गम्भीर छ।”

रिपोर्टहरुकाअनुसार मन्त्रालयले अवरुद्ध गरिएका च्यानलमध्ये आपना दुनिया नेटवर्कका १४ युट्युब च्यानल रहेको बताएको छ। यसबाहेक तलहा फिल्म्स नेटवर्कले १३ वटा युट्युब च्यानल चलाउँदै आएको थियो जसमा भारत विरोधी सामग्री चलिरहेको बताईएको छ।

अवरुद्ध च्यानलमध्ये ४ वटा च्यानल सँगै काम गरिरहेका छन् भने थप २ च्यानलले सँगै काम गरिरहेका छन् । सूचना तथा प्रसारण मन्त्री अनुरथ ठाकुरले आगामी दिनमा पनि यस्ता राष्ट्रविरोधी सामग्री सिर्जना गर्ने र फैलाउने प्लेटफर्मलाई कडा कारबाही गरिने बताएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

प्रकाशित: ९ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार