मंगल ग्रहमा उडान गर्नु अघि एक्स्जोमार्स रोभरको अभ्यास सुरु

  • Technology Khabar | ९ माघ २०७८, आईतवार
मंगल ग्रहमा उडान गर्नु अघि एक्स्जोमार्स रोभरको अभ्यास सुरु

काठमाडौं ।

युरोपियन स्पेस एजेन्सी (ईएसए) र रुसको रोस्कस्मसको संयुक्त परियोजना एक्स्जोमार्स (ExoMars) मंगल ग्रहमा अवतरण गर्नका लागि अन्तिम तयारीमा पुगेको छ। यो मिसन यस वर्ष सेप्टेम्बरमा सुरु गर्ने तयारी गरिएको छ।

त्यसअघि आफ्नो रिहर्सलमा ‘काजाचोक ल्यान्डिङ प्लेटफर्म’ सञ्चालन गर्ने अभ्यास गरेको थियो। यसमा रोसालिन फ्र्यांकलिन (Rosalind Franklin) रोभर पनि समावेश थियो।

एक भिडियो मार्फत, ईएसएले सम्पूर्ण कार्य धेरै सावधानीपूर्वक कोरियोग्राफ गरिएको बताएको छ। इन्जिनियरहरूले पृथ्वीमा यो रिहर्सल गरिरहेका छन्। यी परीक्षणहरू इटालीको टुरिनमा रहेको मार्स टेरेन सिमुलेटरमा गरिएको थियो।

ईएसएले अभ्यासहरूअन्तरगत लगभग १५ मिनेटको लागि ड्राइभिङ गरिने बताएको छ। यो सम्पूर्ण प्रक्रिया थप केही दिनसम्म चल्नेछ। परीक्षणमा अवतरण पछि, रोभरले आफ्नो पाङ्ग्राहरू खोल्न र बाँकी जाँच गर्न एक हप्ता वा सो अवधि व्यस्त हुनेछ। मंगल ग्रह करिब करिब पृथ्वी जस्तै छ। त्यहाँ एक दिनमा २४ घण्टा ३७ मिनेट २२.६६३ सेकेन्ड हुन्छ, जुन पृथ्वीभन्दा अलि लामो छ।

विभिन्न अवस्थाहरू परीक्षण गर्न र चुनौतीपूर्ण मंगल ग्रहको वातावरणमा रोभरलाई सुरक्षित राख्न इन्जिनियरहरुले रोसालिन फ्र्यांकलिन रोभरबाट एक जोडि मेसिन प्रयोग गर्दैछन्। परीक्षण भइरहेको मेसिनको नाम अमालिया राखिएको छ। यो नाम प्रसिद्ध खगोल भौतिकशास्त्री अमालिया एर्कोली फिन्जीबाट प्रेरित छ। अमालियासँग अन्तरिक्ष गतिशीलता विषयमा व्यापक अनुभव छ।

https://www.instagram.com/p/CY4Rs8aBU2N/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

एक्स्जोमार्स मिसन मुख्यतया मंगल ग्रहमा जीवनका निशानहरू फेला पार्न डिजाइन गरिएको हो। यसको नाममा ‘एक्स्जो’ शब्दको प्रयोगले एक्स्जोबायोलोजीको अध्ययनको बारेमा कुरा गर्छ। यसमा पृथ्वीबाहेक अन्य ग्रहहरुमा जीवनका सम्भावनाहरू पत्ता लगाइन्छ। यस मिशनमा दुई भागहरू छन्। पहिलो भागमा ‘ट्रेस ग्यास अर्बिटर’ र ल्यान्डिङ मोड्युल हुन्छ। यो मार्च २०१६ मा लन्च भएको थियो। दोस्रो भागमा रोभर समावेश छ, जुन यस वर्ष सेप्टेम्बरमा लन्च गर्ने योजना छ।

मिसनको पहिलो भाग अन्तर्गत पठाइएको ‘ट्रेस ग्यास अर्बिटर’ ले भर्खरै ठूलो सफलता हासिल गरेको थियो। यसबाट नै मंगल ग्रहको भ्यालेस मरिनेरिस उपत्यकाको सतह मुनि पानी लुकेको छ भन्ने पत्ता लागेको थियो। ट्रेस ग्यास अर्बिटरले यस उपत्यकामा ठूलो मात्रामा पानी फेला पारेको छ।

प्रकाशित: ९ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...