
काठमाडौं ।
ताइवानमा आधारित फक्सकनले इन्डोनेसियाको लगानी मन्त्रालय र धेरै कम्पनीहरूसँग दक्षिणपूर्वी एसियाली देशमा विद्युतीय कारहरूको विकासलाई सहयोग गर्न साझेदारी गरेको छ। एप्पलका लाई आईफोन एसेम्बल गर्ने कम्पनीद्वारा त्यस्ता सम्झौताहरूको साथमा नयाँ व्यवसाय थपेको छ।
अमेरिकी स्टार्टअप फिस्कर इंक र थाइल्याण्डको ऊर्जा समूह पिटीटी पीसीएलसँग सम्झौताहरू घोषणा गर्दै एप्पलको मुख्य आईफोन निर्माता फक्सकनले हालैका वर्षहरूमा विद्युतीय सवारी साधन (इभी) मा आफ्ना गतिविधिहरू विस्तार गरेको छ।
फक्सकनले इन्डोनेसियाको लगानी मन्त्रालयका साथै इन्डोनेसियाको ब्याट्री कर्पोरेशन, ऊर्जा फर्म पिटी इन्डिका इनर्जी र ताइवानको इलेक्ट्रिक स्कुटर विक्रेता गोगोरोसँग ब्याट्री निर्माण लगायत इभीहरुमा लगानीको विस्तृत दायराका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको बताएको रोयटर्सले उल्लेख गरेको छ।
यस सहकार्यमार्फत इन्डोनेसियामा “नयाँ ऊर्जा इकोसिस्टम” निर्माण गर्ने लक्ष्य राखेको छ भने ऊर्जा भण्डारण प्रणाली, ब्याट्री एक्सचेन्ज स्टेशन र रिसाइक्लिङ्ग जस्ता इभी समर्थन गर्ने उद्योगहरूको विकास पनि समावेश भएको फक्सकनले विज्ञप्तिमार्फत जनाएको छ।
साझेदारी अन्तर्गत, इन्डोनेसियाका कम्पनीहरूलाई हार्डवेयर र सफ्टवेयर दुवै सेवाहरू प्रदान गर्ने खुला “एमआईएच प्लेटफर्म” उपलब्ध हुने बताईएको छ।
प्रकाशित: ९ माघ २०७८, आईतवार