
काठमाडौं ।
लिथियम आयन ब्याट्री प्रयोग गरी विद्युतीय सवारी साधनको उत्पादन बढेसँगै लिथियमको माग बढेको छ। तर विश्वभर यसको आपूर्तिको संकट समेत गहिरिँदै छ।
लिथियम आयन ब्याट्रीमा चीनसँग प्रतिस्पर्धा गर्न पश्चिमी देशहरूमा नयाँ खानी ल्याउने दौड भइरहेको छ। रोयटर्सकाअनुसार सर्बियाको सरकारले बिहीबार एङ्ग्लो-अष्ट्रेलियाली खानी कम्पनी रियो टिन्टो पीएलसीको स्वामित्वमा रहेको प्रमुख लिथियम परियोजनाको इजाजतपत्र रद्द गरेको छ।
अष्ट्रेलियाको उद्योग विभाग, अमेरिकी भूगर्भ सर्वेक्षण, कम्पनीको प्रतिवेदन र क्रेडिट सुइस रिपोर्टको डाटामा आधारित यहाँ प्रमुख लिथियम खानी र लिथियम आपूर्तिका केही तथ्यहरू रिपोर्टका आधारमा यस्ता छन्।
नुन खानीबाट निस्कन्छ लिथियम
हाल, लिथियम कडा चट्टान वा नुन खानीबाट आउँछ। अष्ट्रेलिया कडा चट्टान खानीहरूबाट हुने उत्पादनको विश्वको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। योसँगै अर्जेन्टिना, चिली र चीनले नुन तालबाट यसको उत्पादन गरिरहेका छन् ।
अष्ट्रेलियाको उद्योग विभागका अनुसार डिसेम्बर २०२१ मा लिथियम कार्बोनेटको कुल विश्वव्यापी उत्पादन ४ लाख ८५ हजार टन थियो। यो २०२२ मा ६ लाख १५ हजार टन र २०२३ मा ८ लाख २१ हजार टन पुग्ने प्रक्षेपण गरिएको छ। क्रेडिट सुइसले सन् २०२२ मा ५ लाख ८८ हजार टन र २०२३ मा ७ लाख ३६ हजार टन लिथियम उत्पादन हुने अनुमान गरेको छ। तर यसको माग उच्च हुनेछ। विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको माग बढी हुनुको कारण हो ।
मूल्य बढ्न सक्ने
चिनियाँ ब्याट्री निर्माताहरूबाट बढेको मागका कारण लिथियम कार्बोनेटको मूल्य विगत एक वर्षमा कीर्तिमानी उचाइमा पुगेको छ। विश्वका शीर्ष १० लिथियम उत्पादक मध्येको एक एल्केम(Allkem)ले जून महिनासम्ममा यसको मूल्य २०,००० अमेरिकी डलर प्रति टन हुने बताएको छ।
संसारको सबैभन्दा ठूला लिथियम खानीहरु
प्रकाशित: ८ माघ २०७८, शनिबार