क्रिप्टोकरेन्सीमा लगानी गर्ने चक्करमा भारतका एक युवाले गुमाए ३ करोड ६० लाख रुपैयाँ

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
क्रिप्टोकरेन्सीमा लगानी गर्ने चक्करमा भारतका एक युवाले गुमाए ३ करोड ६० लाख रुपैयाँ
फाइल तस्बिर

काठमाडौं ।

जसरी क्रिप्टो मुद्रा प्रचलनमा आउँदैछ, त्यसैगरी यससँग सम्बन्धित ठगीका घटनाहरू पनि भइरहेका छन्। विश्वभरका मानिसहरूले क्रिप्टो मुद्रामा लगानी गरिरहेका छन्।

हालै क्रिप्टोसँग सम्बन्धित एउटा घटना भारतमा सार्वजनिक भएको छ, जसमा भारतको बैंगलुरुका एक ३० वर्षीय युवकले २ करोड भारु भन्दा धेरै रकम  गुमाएका छन्।

भारतको जयनगर निवासी धनराज एस नाम गरेका युवकले सो रकम क्रिप्टोकरेन्सीमा लगानी गर्ने क्रममा गुमाएका हुन्। ती युवाले सन्तोष टीएस नामका व्यक्ति माथि ठगी गरेको आरोप लगाउँदै नजिकैको प्रहरी चौकीमा उजुरु गरेका छन् । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन्।

ठगीको आरोप

बाहिर आएको मिडिया रिपोर्ट अनुसार धनराज र सन्तोषले सन् २०१४ देखि नै एकअर्कालाई चिनेका थिए । थप पैसा कमाउन सन्तोषले धनराजलाई क्रिप्टोकरेन्सीलगायत धेरै ठाउँमा लगानी गर्न मनाए। धनराजले सन्तोषको कुरामा आएर अनलाइन र नगद कारोबारबाट २ करोड २५ लाख भारु अर्थात ३ करोड ६० लाख रुपैयाँ लगानी गरेका थिए। तर, धनराजले क्रिप्टोमा कति लगानी गरेका थिए भन्ने खुलाइएको छैन।

जयनगर प्रहरीले आरोपितविरुद्ध ठगी मुद्दा दर्ता गरेको र थप अनुसन्धान गरीरहेको मिडियाहरुले उल्लेख गरेका छन्।

भर्खरै, एक साइबर सुरक्षा अनुसन्धान एजेन्सीकाअनुसार भारतीयहरूले १ करोड भन्दा बढी नक्कली क्रिप्टो वेबसाइटहरू भ्रमण गरेका छन्। यस्तो अवस्थामा क्रिप्टो मुद्राको माध्यमबाट हुने ठगीमा अझै वृद्धि हुन सक्ने बताईएको छ।

यदपी भारतमा क्रिप्टोकरेन्सी कारोबारलाई ‘ग्रे जोन’मा राखिएको छ र सरकारले सो बारेमा कानून बनाउने तयारी गरीरहेको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार