लेनोभोद्वारा विन्डोज ११ युक्त विद्यार्थी लक्षित ट्याब्लेट र ल्यापटप सार्वजनिक

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
लेनोभोद्वारा विन्डोज ११  युक्त विद्यार्थी लक्षित ट्याब्लेट र ल्यापटप सार्वजनिक

काठमाडौं ।

लेनोभोले विद्यार्थीहरुलाई लक्षित गरेर १० इन्चको ट्याब्लेट तथा १३ इन्चको टू-इन-वन डिभाइस सार्वजनिक गरेको छ।

चिनियाँ कम्पनी लेनोभोले हालै ल्याएका यी दुई डिभाइस विन्डोज ११ युक्त रहेको र विशेषगरी घरबाटै पढाइ गरिरहेका र स्कूल फर्कने तयारी गरिरहेका विद्यार्थीहरु लक्षित भएको रोयटर्सले उल्लेख गरेको छ।

यीमध्ये लेनोभो १०डब्लू ट्याब्लेटमा स्न्यापड्रागन चिपसेट राखिएको छ भने १३डब्दू योगामा एएमडीको रेजेन प्रोसेसर दिइएको छ।

यसमा डिट्याचेबल अर्थात् झिक्न मिल्ने किबोर्डका साथमा एउटा वैकल्पिक पेन पनि उपलब्ध छ।  यसैगरी यो कन्भर्टिबल भएकाले यसलाई ल्यापटप र ट्याब्लेट दुवै रुपमा चलाउन सकिन्छ।

लेनोभोले यसबाहेक अफ्नो नयाँ लेनोभो नेटफिल्टर नामक कन्टेन्ट फिल्टरिङ तथा अनलाइन सेफ्टी सोलुशन पनि सार्वजनिक गरेको छ। यसले हानिकारक सामग्री, मालवेयर हमला, साइबर हमला तथा अन्य अनलाइन सम्बद्ध जोखिम रवक्ने कम्पनीको दावी छ।

लेनोभो १०डब्लू ट्याब्लेटको मूल्य ३२९ डलरबाट शुरु भएको छ। यो मूल्यमा डिट्याचेबल किबोर्डसमेत आउँछ। तर १३डब्लू योगाको शुरुवाती मूल्य नै ७४९ डलर तोकिएको छ। यी दुवै डिभाइस अमेरिकामा आगामी अप्रिलबाट बिक्री शुरु हुने रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार