नर्टनलाइफलकले अभास्ट किन्ने सम्झौताको बेलायती नियामकले अनुसन्धान गर्ने

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
नर्टनलाइफलकले अभास्ट किन्ने सम्झौताको बेलायती नियामकले अनुसन्धान गर्ने

काठमाडौं ।

बेलायतको प्रतिस्पर्धा नियामकले लन्डनमा सूचीबद्ध प्रतिद्वन्द्वी अभास्ट पीएलसीलाई अमेरिकी साइबर सेक्युरिटी फर्म नर्टनलाइफलक इंकद्वारा गरिने अधिग्रहणले देशका ग्राहकहरूको छनौट घटाउने बारेमा अनुसन्धान सुरु गरेको छ।

प्रतिस्पर्धा र बजार हेर्ने कम्पिटिसन एण्ड मार्केट्स अथोरिटीले बुधबार मर्जर बारे अनुसन्धान सुरु गरेको बताएको छ। यसमा इच्छुक पक्षहरूबाट कमेन्टहरू माग गरेको छ र प्रारम्भिक निर्णयको लागि मार्च १६ को समयसीमा दिएको छ।

गत अगस्टमा ८.६ अर्ब डलर नगद र शेयरहरूमा भुक्तानी सहित घोषणा गरिएको सो सम्झौता अन्तरगत, उपभोक्ता सुरक्षा सफ्टवेयरमा एक नेता सिर्जना गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार