चाैथो त्रैमासमा एप्पल वैश्विक स्मार्टफोन बजारको शीर्ष स्थानमा

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
चाैथो त्रैमासमा एप्पल वैश्विक स्मार्टफोन बजारको शीर्ष स्थानमा

काठमाडौं ।

सबैभन्दा बढी स्मार्टफोन बिक्री गरेर एप्पल २०२१ को चाैथो त्रैमासमा स्मार्टफोन बजारको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि तेस्रो त्रैमासमा कम्पनीले आफ्नो दोस्रो स्थान पुन: प्राप्त गरेको थियो भने चाैथो त्रैमासमा सामसङलाई उछिन्दै पहिलो स्थानमा पुन: उक्लिन सफल भको रिपोर्टहरुले देखाएका छन्।

यसका पछाडि आईफोन १३ सिरिजको बिक्रीको आँकडा मुख्य रहेको बताइएको छ।

क्यानालिसिसका विश्लेषकहरुले मेनल्याण्ड चाइनामा आईफोनको शिपमेन्ट सोचेभन्दा निकै बढी भएको बताएका छन्।

एप्पलको आपूर्ति श्रृङ्खलामा सुधार आइरहेको भए पनि कम्पनीले माग अनुरुप आईफोन उत्पादन गर्न सकिरहेको छैन।

क्यानालिसिसले भने मुख्य फाउन्ड्रीहरुमा चिप उत्पादन क्षमता थपिन वर्षो लाग्ने चेतावनी दिएको छ।

यसैकारण स्मार्टफोन निर्माताहरुले आफ्ना उत्पादनलाई पुन: सन्तुलनमा ल्याउन नयाँ आपूर्तिकर्तासँग साझेदारी गर्नु परेको छ।

सामसङ बाँकी तीन ओटै त्रैमासमा पहिलो स्थानमा रहेर चाैथोमा भने दोस्रो स्थानमा झरेको आँकडा छ। चाैथो त्रैमासमा एप्पलको २२ तथा सामसङको बजार पकड २० प्रतिशत रहेको थियो।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...