
काठमाडौं ।
पृथ्वी र अन्तरिक्षको हावापानी तथा वातावरण बिल्कुलै अलग हुने भएकाले यहाँका मानिस निश्चित समयसम्म अन्तरिक्षमा बसेर आएपछि उनीहरुको व्यवहार वा शारीरिक गतिविधिमा केही परिवर्तन पक्कै हुन्छ।
वैज्ञानिकहरुले यसबारेमा हालै अन्तरिक्षबाट फर्केपछि अन्तरिक्ष यात्री एनिमिक हुने अर्थात् उनीहरुमा रगतको कमी किन हुन्छ भन्ने बारेमा केही जानकारी पत्ता लगाएका छन्।
क्यानडाका शोधकर्ताहरुका अनुसार अन्तरिक्षमा शरीरको ५० प्रतिशतभन्दा बढी राता रक्त कोशिका अर्थात् (आरबीसी) नष्ट हुन्छन् र यो प्रक्रिया मिशन चलुञ्जेल निरन्तर रहन्छ।
उनीहरुले यस हिसाबले चन्द्रमा, मंगल ग्रह वा त्योभन्दा परको अन्तरिक्ष यात्रा निकै ठूलो चुनौती हुने बताएका छन्। तर उनीहरुको अध्ययनको खोजबाट पृथ्वीमा रहेका यस किसिमका बिरामीहरुलाई भने फाइदा पुग्न सक्छ।
अन्तरिक्षमा जाँदा रगतको कमी हुने अर्थात् ‘स्पेस एनिमिया’ का बारेमा वैज्ञानिकहरुले अन्तरिक्षबाट पृथ्वीमा फर्कनुअघि नै थाहा पाइसकेका हुन्छन्।तर यस्तो किन हुन्छ भन्ने चाहिँ अहिलेसम्म रहस्य नै रहिरहेको थियो।
मिशनभरी नै आरबीसी नष्ट हुने
१४ अन्तरिक्ष यात्रीमा गरिएको एक अध्ययनबाट यूनिभर्सिटी अफ ओटावाका शोधकर्ताहरुलाई यसबारे थप जानकारी प्राप्त भएको छ। अध्ययनमा समावेश अन्तरिक्ष यात्रीमा आईएसएसमा ६ महिनासम्भ बसेर विभिन्न अनुसन्धानमा संलग्न ब्रिटेनका टिम पेक पनि थिए।
यो अभियानमा अन्तरिक्ष यात्रीको रगत तथा श्वासको नमूना लिएर आरबीसीको मात्रा परीक्षण गरिएको थियो। फोक्सोबाट अक्सिजन पुरै शरीरमा पुर्याउने आरबीसी निकै महत्वपूर्ण हुन्छ।
अध्ययनका प्रमुख शोधकर्ता तथा अस्पतालका फ़िजिशियन डक्टर गाय ट्रूडलले भने, ‘यो अध्ययनबाट अन्तरिक्षमा पुगेपछि धेरै आरबीसी नष्ट हुन्छ र यो प्रक्रिया मिशनभर नै रहनेछ।’
तर अन्तरिक्षमा वजन महसुस नहुने भएकाले यो त्यति ठूलो कुरा नलाग्न सक्छ। पृथ्वीमा फर्केपछि भने त्यसैका कारण अन्तरिक्ष यात्रीले कमज़ोरी तथा थकान महसुस गर्दछन् भने उनीहरुको मांसपेशी पनि खुकुलो भएको अनुभव हुन्छ।
अन्तरिक्षमा प्रत्येक सेकेन्डमा शरीरमा ३० आरबीसी नष्ट हुन्छन् भने पृथ्वीमा यो आँकडँ दुई लाख रहन्छ।तर शरीरले यसको शोध भर्ना गर्छ। यसो नभएको खण्डमा अन्तरिक्षयात्री अन्तरिक्ष गम्भीर बिरामी हुन पुग्छन्।
तर शोधकर्ताहरु शरीरले लगातार कति समयसम्म यी आरबीसीहरु शोधभर्ना गर्न सक्छ भन्ने बारेमा निश्चिन्त हुन सकेका छैनन्।
महिला तथा पुरुष अन्तरिक्ष यात्री समान रूपमा प्रभावित
अध्ययनमा अन्तरिक्ष यात्री पृथ्वीमा फर्केपछि पनि यो समस्या ठिक नभएको पाइयो भने १ वर्षपछिसम्म पनि उनीहरुका शरीरबाट तीव्ररुपमा आरबीसी कम हुने गरेको भेटियो।
यो समस्या महिला तथा पुरुष दुवै अन्तरिक्षयात्रीमा बराबर रुपमा देखिएको बीबीसीले उल्लेख गरेको छ।
डक्टर ट्रूडलले भने, ‘एनिमिया वास्तवमै के हो भन्ने पत्ता लगाउन सकिएको खण्डमा त्यसलाई ठिक गर्ने वा रोकथाम गर्ने उपाय खोज्न सकिन्छ। यसबाट इससे अन्तरिक्ष यात्री तथा पृथ्वीमा रहेका बिरामीलाई फाइदा पुग्न सक्छ।
प्रकाशित: ६ माघ २०७८, बिहीबार