यस्तो छ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणको कस्टमाइज गरिएको एनएफटी

  • Technology Khabar | ५ माघ २०७८, बुधबार
यस्तो छ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणको कस्टमाइज गरिएको एनएफटी

काठमाडौं ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नै नन फन्जिबल टोकन (एनएफटी) ल्याएको जानकारी दिएका छन्। निर्वाणले हालै ट्विटरमार्फत आफ्नो नयाँ एनएफटी टोकन तयार भएको बताएका हुन्।

निर्वाणको एनएफटी टोकनमा उनलाई वाईवाई चाउचाउ हातमा बोकेको देखाईएको छ। जसको ब्याकग्राउण्डमा नेपालको झण्डा छ भने माथि दाहिने भागमा सीजी लोगो रहेको छ।

उनले सो टोकन मंक माफिया प्रोजेक्टद्वारा तयार पारिएको जानकारी दिएका छन् । जसलाई उनले आफ्नो साथी जोन राणाले तयार पारेको बताएका छन्।

मंक माफिया प्रोजेक्टमा हालसम्म कारोबार शुरु नभएको सो प्रोजेक्टको वेबसाइटमा उल्लेख छ भने सो एनएफटी प्रोजेक्ट सोलाना ब्लकचेनमा आधारित रहेको बताईएको छ।

मंक माफियासँग हाल ५५ सय भन्दा धेरै विशेष टोकनको संकलन रहेको र १ हजार भन्दा धेरै टोकल होल्ड गर्ने जानकारी दिईएको छ भने सो प्रोजेक्टमा प्रिसेल जनवरी २३ देखि शुरु हुने उल्लेख छ।

निर्वाणले सो एनएफटी बिक्री गर्ने वा आफैंसँग होल्ड गर्ने भन्ने कुनै जानकारी दिएका छैनन्।

प्रकाशित: ५ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...