मास्टर कार्डसहित पाँच कार्डहरु माथि बेलायतमा साढे ४ करोड अमेरिकी डलर जरिवाना

  • Technology Khabar | ५ माघ २०७८, बुधबार
मास्टर कार्डसहित पाँच कार्डहरु माथि बेलायतमा साढे ४ करोड अमेरिकी डलर जरिवाना

काठमाडौं ।

बेलायतको भुक्तानी नियामनकारी निकाय पेमेन्टस् सिस्टम रेगुलेटर (पीएसआर) ले कार्ड कार्टेलिङमा संलग्न भएको आरोपमा मास्टर कार्ड सहित पाँच प्रिपेड कार्डहरु माथि कारबाही प्रक्रिया अघि बढाएको छ।

यसका साथै नियमनकारीले करिब ४ करोड ५० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने कम्पनीहरुलाई निर्देशन दिएको छ।

यसमा मास्टरकार्ड एक्लैले सबैभन्दा ठूलो जरिवाना करिब ४ करोड ३० लाख डलर तिर्नुपर्नेछ।यसका साथै अन्य कम्पनीहरु अलपे, एडभान्स पेमेन्ट सोलुसन, प्रिपेड फाइनान्सियल सर्भिस र सुलियनलाई पनि जरिवाना गरिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

कार्टेलको अर्थ बजारमा उस्तै प्रकृतिका काम गर्ने संस्थाहरु एकआपसमा मिलेर स्वस्थ प्रतिस्पर्धा बिना नै कुनै परियोजनाको टेन्डर लक्षित संस्थालाई प्रदान गर्नु हो। जहाँ सबै संस्थाको मिलिमतोमा तोकिएको संस्थालाइ टेन्डर पार्ने गरिन्छ।

उनीहरुमाथि शोषण तथा थिचोमिचोमा परेका मानिसहरुको उत्थानका लागि जारी गरिएको प्रिपेड कार्डहरुमा कार्टेलिङ गरेको अपराधमा सजाय दिएको हो।

भुक्तानी प्रणाली नियामकले बताएअनुसार फर्महरूले प्रतिस्पर्धा गर्न वा एकअर्काका ग्राहकहरूलाई जोखिममा परेका मानिसहरूलाई कल्याणकारी भुक्तानीहरू वितरण गर्न स्थानीय अधिकारीहरूले प्रस्ताव गरेका प्रि-पेड कार्डहरूमा प्रतिस्पर्धा नगर्ने वा एक अर्कामा आक्रमण नगर्ने सहमति गरेर प्रतिस्पर्धा कानून तोडेका छन्।

नियम संगत जारी गरिएको उक्त टेन्डरमा इच्छुक प्रिपेड कार्ड वितरक कर्ताहरुले स्वच्छ प्रतिस्पर्धा गरी टेन्डर हात पार्नुपर्थ्यो तर कार्टेलिङका कारण त्यसो हुन सकेन्। यसरी कार्टेलिङ गर्दा शोषणमा परेका मानिसहरुले सस्तोमा गुणस्तरीय सेवा पाउनबाट बञ्चित हुन पुगेका छन् भने स्वार्थ समूहले एक अर्काको मिलेमतोमा तय गरेको मूल्यमा प्रिपेड सुविधा प्रयोग गर्न बाध्य भएका छन्।

प्रारम्भिक अध्ययन अनुसार पाँच संस्था दोषी पाइएको र उक्त संस्थाहरुले आफ्नो अपराध स्वीकार गरी जरिवाना तिर्न तयार भएको बेलायती भुक्तानी प्रणाली नियामकका प्रबन्ध निर्देषक क्रिस हेम्सलेले जानकारी दिएका छन्।

प्रकाशित: ५ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार