
काठमाडौं ।
अमेरिकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ई-कमर्स जायन्ट अलिबाबाको क्लाउड यूनिटको अनुसन्धान गर्ने भएको छ।
हालै उक्त मामिलासँग जानकार व्यक्तिहरुले बताए अनुसार बाइडेन प्रशासनले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अलिबाबाको डाटाको समीक्षा गर्ने भएको हो। यो निर्णय अमेरिकी सरकार अमेरिकी संस्थाहरुसँगको साझेदारीमा काम गर्ने चिनियाँ प्रविधि कम्पनीहरुमाथि कडाई गर्ने क्रम बढाएसँगै आएको हो।
यो निर्णयको मुख्य उद्देश्य उक्त कम्पनीले व्यक्तिगत विवरण र बोद्धिक सम्पत्तिलगायत अमेरिकी उपभोक्ताको डाटालाई कसरी भण्डारण गर्दछ र चीन सरकारले यी डाटा हात पार्न सक्छ या सक्दैन भन्नेबारे अनुसन्धान हुने ती व्यक्तिहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी नियामकहरुले क्लाउड व्यवसायले निम्त्याएको जोखिम कम गर्न वा देशभित्र वा बाहिर रहेका अमेरिकीलाई ती सेवा प्रयोग बन्द जबर्जस्ती गराउने कदम उठाउन पनि सक्ने बताइएको छ।
भूतपूर्व राष्ट्रपति डोलन्ड ट्रम्पको वित्त मन्त्रालयले अलिबाबाको क्लाउड व्यवसायका बारेमा चिन्ता व्यक्त गरेको थियो। तर बाइडेन प्रशासनले भने जनवरीमा पद सम्हाल्नेबित्तिकै उक्त कम्पनीबारे आधिकारिक समीक्षा शुरु गराएका थिए।
प्रकाशित: ४ माघ २०७८, मंगलवार