
काठमाडौं ।
सामसङले अमेरिका तथा दक्षिण कोरियामा ग्यालेक्सी १०एस स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउन शुरु गरेको छ।
करिब ३ वर्षअघि आएको यो डिभाइसका लागि नयाँ फर्मवेयर अपडेट उपलब्ध भएको छ। साममोबाइलका अनुसार सामसङ ग्यालेक्सी एस१० फाइभजीमा यी क्षेत्रमा वन यूआई ४.० सहितको एन्ड्रोइड १२ अपडेट आउन शुरु गरिसकेको छ।
हालैको एक रिपोर्ट अनुसार अमेरिका र दक्षिण कोरिया दुवै देशका यूजरले यो अपडेटको फाइदा उठाउन सक्नेछन्।
अमेरिकी क्यारियर भेरिजोनले पनि आफ्ना ग्यालेक्सी एस१० फाइभजी स्मार्टफोनहरुमा G977UVRU8GULD नामको फर्मवेयर आउन थालेको बताएको छ। यो नयाँ फर्मवेयरमा एन्ड्रोइडको जनवरी सेक्युरिटी प्याच पनि समावेश छ।
यस्तै दक्षिण कोरियामा भने G977NKSU6GULB नामको फर्मवेयर आउन थालेको र यसमा भने डिसेम्बर एन्ड्रोइड सेक्युरिटी अपडेट समावेश भएको बताइएको छ।
एन्ड्रोइड ९ पाईमा सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस१० फाइभजीमा एन्ड्रोइड १२ नै सबैभन्दा मुख्य एन्ड्रोइड अपडेट हुने पनि बताइएको छ।
प्रकाशित: ४ माघ २०७८, मंगलवार