एप्पल एआर हेडसेटको मूल्य २ हजार डलर नाघ्न सक्ने

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार

काठमाडौं ।

एप्पलको चिर प्रतीक्षित अग्मेन्टेड रियालिटी हेडसेटको उपभोक्ता मूल्य २ हजार डलर नाघ्ने भएको छ।

हालै बाहिर आएको एक रिपोर्टका अनुसार यो एआर हेडसेटको डेभलपमेन्टको प्रक्रिया तथा यसमा प्रयोग भएका उपकरणहरुका हिसाबले यसको मूल्य निकै महँगो हुने भएको हो।

एप्पल एआर हेडसेटको निकै लम्बिएको प्रक्रियाका कारण सार्वजनिक हुन निकै समय प्रतीक्षा गर्नुपरेको हो। यो डिभाइस यो वर्षको अन्त्यमा वा ढिला भए २०२३ सम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यो एउटा प्रिमियम डिभाइसका रुपमा आउने र यसको मूल्य १ हजारदेखि ३ हजार डलरसम्म तोकिन सक्ने भएकाले एप्पलले यसमो बीचको मूल्य तोक्ने योजना बनाएको एप्पलइन्साइडरले जनाएको छ।

एप्पलले आन्तरिक रुपमा यो डिभाइसको मूल्य २ हजारभन्दा नाघ्ने ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पावर अन न्यूजलेटरमा उल्लेख गरेका छन्।

सामान्यतया: एप्पलले आफ्ना प्रतिस्पर्धीहरुका दाँजोमा प्रिमियम मूल्य राख्ने गरेकोमा कम्पनीले यो हेडसेटमा प्रयोग भएका आन्तरिक प्रविधिका कारण मूल्य बढ्ने जनाएको छ।

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार