रियलमी नम्बर सिरिज स्मार्टफोन ४ करोड थान बिक्री

  • Technology Khabar | ३ माघ २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको नम्बर सिरिज ४ करोड थान बिक्री भएको छ।

हालै कम्पनीले आफ्ना बिक्री भएका नम्बर सिरिज अन्तर्गतका स्मार्टफोनको आँकडा ४ करोड पुगेको बताएको हो।

कम्पनीले सन् २०१८ मा रियलमी १ सार्वजनिक गरेको थियो। त्यसयता रियलमीले लगभग नम्बर सिरिज अन्तर्गत २ दर्जनभ्दा बढी स्मार्टफोनहरु बजारमा ल्याइसकेको छ।

स्ट्राटेजी एनालिटिक्सको हालैको एक अध्ययन अनुसार यो लाइनअप सी सिरिजपछि रियलमीको दोस्रो सर्वाधिक सफल सिरिज हो। यी दुवै सिरिजको व्यापक विक्रीका कारण कम्पनीको आर्थिक अवस्था चुलिएको साथै छोटो समयमा १० करोड थान बिक्रीको आँकडा छुन सक्षम भएको छ।

नम्बर सिरिज सन् २०१८ यता न्यू एज स्मार्टफोन फ्यामिलिमध्येको समग्र बिक्रीको आँकडामा चोथो स्थानमा रहेको छ। योभन्दा ठिक अगाडि ओपो रेनो, भिभो आईकू तथा रियलमी सी लाइनअप रहेका छन्।

तर यो डिभाइसले सामसङ एम सिरिज तथा शाओमी पोको डिभाइसलाई भने उछिनेको छ।

स्ट्राटेजी एनालिटिक्सले आउँदै गरेको रियलमी फोनमा फाइभजी, क्यामरा फिचर, स्ट्याण्ड आउट डिस्प्ले तथा सुपथ मूल्यमा केन्द्रित रहने जानकारी दिएको छ। ब्रान्डले आफ्नो बजार फाइभजी आत्यावश्यक मानक भएको पश्चिमी यूरोपमा पनि बढाउने योजना बनाएको बुझिएको छ।

प्रकाशित: ३ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया