कोभिड १९ संक्रमण बढेसँगै अनलाइन र भर्चुअल सेवा प्रयोगमा जोडदिने सरकारको निर्णय

  • Technology Khabar | ३ माघ २०७८, सोमबार
कोभिड १९ संक्रमण बढेसँगै अनलाइन र भर्चुअल सेवा प्रयोगमा जोडदिने सरकारको निर्णय

काठमाडौं ।

सरकारले कोभिड-१९ महामारी बढेसँगै अनलाइन र भर्चुअल प्रणालीको प्रयोगमा जोडदिने निर्णय गरेको छ।

कोभिड-१९ सम्बन्धि विषयमा यहि पुस ३० गते बसेको मन्त्रिपरिषदको बैठकले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ भने सो अवधिमा शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई संचालन गर्न भनिएको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गर्नुपर्ने भएको छ भने सेवा शुल्क र महशुल अग्रीम वा एकमुष्ट रुपमा बुझाउन चाहनेलाई सो बमोजिम गर्न सक्नेगरी व्यवस्था मिलाउनुपर्ने भएको छ।

संघ संस्थाहरुले साधारण सभा वा बैठक भर्चुअल माध्यमबाट गर्नुपर्नेछ र सो भर्चुअल उपस्थितीलाई समेत गणपुरक संख्या गणना गर्न सकिने गरी व्यवस्था गर्न सरकारले आदेश दिएको छ।

प्रकाशित: ३ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...