
काठमाडौं ।
वैश्विक क्रिप्टोकरेन्सी फन्डहरुले गत वर्ष उल्लेख्य आम्दानी गरेका छन्।
ब्याकस्टप सोलुशन्सको एउटा विभाग बार्क्लेहेजका अनुसार बलिया संघसंस्थाहरुले बिटक्वाइन तथा इथेरियमजस्ता क्रिप्टोकरेन्सीमा चाख देखाएको र विश्वभरका नियामकले पनि यी मुद्राहरुलाई स्वीकार गर्न थालेपछि अधिकांश डिजिटल मुद्राको मूल्य आकाशिएसँगै यिनीहरुको आम्दानी निकै बढेको हो।
बार्क्लेहेज क्रिप्टोकरेन्सी व्यवसायीहरुको सूचकांक २०२१ मा १३८.१ प्रतिशत रहेको उक्त संस्थाले शुक्रबार पोस्ट गरेको तथ्याङ्कमा देखिएको छ।
उक्त तथ्याङ्कमा ३९ ओटा क्रिप्टो फन्डको सूची थियो जुन उक्त संस्थाले ट्र्याक गर्ने डिजिटल सम्पत्ति व्यवस्थापन गर्ने समग्र संस्थाको ५० प्रतिशतभन्दा कम हो।
यो आम्दानीको आँकडा सन् २०२० मा कोरोना महामारीका कारण वित्त बजारलाई प्रभाव पारेपछि क्रिप्टो फन्डहरुको १७३ प्रतिशत आम्दानीको नजिकको आँकडा हो।
बिटक्वाइनले नोभेम्बरमा ६९ हजार मूल्य पुर्याउँदै २०२१ मा ६० प्रतिशत आम्दानी गरेको थियो भने इथेरियमले आफ्नो ब्लबकचेनका लागि ४०० प्रतिशतको आम्दानी बढाएको थियो।
प्रकाशित: ३ माघ २०७८, सोमबार