चिनियाँ राष्ट्रपति शीद्वारा अस्वस्थ डिजिटल अर्थतन्त्रको विकास विरुद्ध पहलको आह्वान

  • Technology Khabar | ३ माघ २०७८, सोमबार
चिनियाँ राष्ट्रपति शीद्वारा अस्वस्थ डिजिटल अर्थतन्त्रको विकास विरुद्ध पहलको आह्वान

काठमाडौं ।

चीनका राष्ट्रपति शि जिनपिङले देशको डिजिटल अर्थतन्त्रका लागि सुधारिएको नीति नियम आवश्यक रहेको बताएका छन्।

राष्ट्रपति शी ले बेइजिङले डिजिटल अर्थतन्त्रको योगदानलाई देश विकासमा लगाउने नीति लिएकाले यो क्षेत्रको अस्वस्थ विकास रोक्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

सत्तारुढ कम्युनिष्ट पार्टीको मुखपत्र क्यूसीमा शनिबार एउटा निबन्ध लेख्दै शी ले इन्टिग्रेटेड सर्किट, डिस्प्ले, सञ्चार उपकरण तथा इन्टेलिजेन्ट हार्डवेयरलगायतका मुख्य क्षेत्रमा केन्द्रित हुन आह्वान गरेका हुन्।

‘चीनले विश्वस्तरीय डिजिटल उद्योग समूह सिर्जना गर्न अन्तरराष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने थुप्रै व्यवसायहरु, औद्योगिक श्रृङ्खलामाथि नियन्त्रण राख्न सक्ने अग्रणी पर्यावरणीय संस्थाहरु स्थापना गर्नुपर्छ’, उनले भने।

उनले आफूलाई डिजिटल अर्थतन्त्रका क्षेत्रमा अन्य ठूला र शक्तिशाली देशहरुसँग दाँजेर हेर्नुपर्ने र चीनको डिजिटल अर्थतन्त्र ठूलो भए पनि शक्तिशाली नभएको तथा तीव्र भइकन पनि अग्रणी नभएको विचार पनि व्यक्त गरे।

प्रकाशित: ३ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...