कामना सेवा विकास बैंक र अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास कार्यक्रमको सुरुवात

  • Technology Khabar | २ माघ २०७८, आईतवार
कामना सेवा विकास बैंक र अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास कार्यक्रमको सुरुवात

काठमाडौं ।

कामना सेवा विकास बैंकद्वारा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि उद्यमशिलता विकास कार्यक्रमको सुरुवात गरेको छ।

माघ २ देखि ६ गते सम्म जूम मिटिङ्गमार्फत अनलाइनमा सञ्चालन हुने कार्यक्रममा २५ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक महानुभावहरुले भाग लिएका छन् । उक्त कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारी प्राप्त गर्नुहुनेछ । उनीहरुले समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप प्राप्त गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम मार्फत व्यवसायको लागि सम्भावित क्षेत्रहरुको पहिचान गरी आफ्नो लागि कुन व्यवसाय उपयुक्त हुन्छ भन्ने थाहा पाउने र व्यवसय सञ्चालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ ।

यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जा तथा लगानीका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन सहयोग पुर्याउनेछ ।

यो कार्यक्रमले उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानी योग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुवात हुने बैंकले जनाएको छ।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार