खल्ती वालेटको नक्कली कर्मचारी बनी अनलाईन ठगी गर्ने व्यक्तिहरु पक्राउ

  • Technology Khabar | २ माघ २०७८, आईतवार
खल्ती वालेटको नक्कली कर्मचारी बनी अनलाईन ठगी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले खल्ती एपको नक्कली कर्मचारी बनी अनलाईन ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ गरेको छ।

खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ भनी मानिसहरुलाई ओटिपी कोड मागेर पिडितकै खल्ती आईडी खोली बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ।

पिडितहरुलाई मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गरी आफू खल्ती एपको कर्मचारी हुँ भनी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ भनेर तपाईँको मोबाईल नम्बरमा ओटिपी कोड आउँछ र उक्त ओटिपी कोड अरु कसैलाई नदिई टिपाउनु भनी पिडितहरुलाई बिश्वासमा पार्ने गरेका थिए।

त्यसैगरी ओटिपी कोड लिई पिडितकै खल्ती आईडी खोली बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम बिभिन्न ब्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी आईएमई तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट रकम निकाली लिई अनलाईन ठगी गर्ने कार्यमा संलग्न रहेका थिए।

प्रहरीले पर्सा छिपहरमाई गाउँपालिका वडा नं. २ बस्ने निरञ्जन कुमार गुप्ता तथा करण यादवलाई जिल्ला प्रहरी कार्यालय, पर्सा संगको समन्वयमा पुस ३० गते पक्राउ गरेको हो।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी माघ २ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार