भिभो भी२३ई नेपालमा आउने सुनिश्चित, ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी र आकर्षक डिजाइन रहने

  • Technology Khabar | २ माघ २०७८, आईतवार

काठमाडौं ।

भिभोले भर्खरै आफ्नो भी२३ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने सुनिश्चित गरेको छ।

भी२१ सिरिजको अपार सफलतालाई मध्यनजर गर्दै सबैजना भिभोको आगामी भी सिरिज स्मार्टफोन नेपालमा आउने प्रतीक्षामा रहेका छन्।

लीकस्टर (मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामानहरु सार्वजनिक नहुँदै तिनिहरुका स्पेसिफिकेसन लीक गर्ने व्यक्ति) हरुको थुप्रै अफवाहपछि भिभोले अन्ततस् आज सामाजिक सञ्जालमा पहिलो पोस्टर सार्वजनिक गर्दै भी२३ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो।

भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन्। अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको भी सिरिज अपेक्षा गरेभन्दा उत्कृष्ट ठहरिँदै आएको छ।

इनोभेटिभ तथा उपभोक्तालक्षित ब्रान्ड भएका कारण भिभोले सधैं आफ्ना प्रयोगकर्ताका लागि केही न केही अद्वितीय र उपयोगी फिचर ल्याउने गरेको छ। हामी भी२३ई सार्वजनिक भएपछि पनि यस्तै होस् भन्ने अपेक्षा गर्दछौं । सञ्चारमाध्यममा आएका लीकहरु अनुसार आउँदै गरेको भी२३ई का विवरण यसप्रकार रहनेछन्।

यो डिभाइसमा स्टेलर क्यामरा आउन सक्नेछ। यसमा ५० मेगापिक्सेलकै अटो फोकस पोर्ट्रेट सेल्फी फिचर पनि रहने र यसमार्फत् उच्च गुणस्तरको सफा र स्पस्ट फोटो खिच्न सकिनेछ । यसैकारण यो स्मार्टफोन फोटो तथा भिडियोका रुपमा आफ्ना जीवनका अविस्मरणीय क्षणहरु कैद गर्न चाहने उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुन सक्ने हाम्रो ठम्याई छ ।

भिभको भी२३ई क्यामराका हिसाबले मात्र उत्कृष्ट छैन बरु यसको डिजाइन पनि अद्वितीय र समयसापेक्ष रहेको छ। भिभोले सामाजिक सञ्जाल ह्याण्डल तथा आफ्नो वेबसाइटमा सार्वजनिक गरेको टिजर फोटो अनुसार यो डिभाइस प्रयोगकर्ताका लागि हेर्दा आकर्षक देखिने तथा आनन्दित तुल्याउने ज्यादै पातलो अर्थात् अल्ट्रा स्लिम तथा आकर्षक रहेको देखिएको छ।

हालसम्मका लीक अनुसार यो डिभाइस सबै प्रविधि/पारखी, फेशनेबल तथा फोटोग्राफीका शैखिन उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुने हाम्रो विश्वास छ। हामी आफैं पनि भी२३ई को अनुभव गर्न व्यग्र प्रतीक्षामा छौं। यो भिभोको सन् २०२२ आउने पहिलो स्मार्टफोन भएकाले यत्तिको प्रचार/प्रसारयोग्य रहनेछ। लीकअनुसार यो डिभाइस तथा यसका गर्व गर्नलायक फिचरहरु नेपालमा आगामी जनवरी १८ का दिन सार्वजनिक हुनेछन्।

भिभोले आउँदै गरेको नयाँ भी२३ई लयागत सबै भी सिरिजका स्मार्टफोनको ब्राण्ड एम्बेस्डरका रुपमा प्रदीप खड्कालाई नै निरन्तरता दिनेछ। यो साझेदारीले यी स्मार्टफोनका सबै उत्कृष्ट फिचरहरुलाई युवावर्गसँग जोड्न तथा भिभो भी२३ई को बजार अझ मजबुत बनाउन मद्दत गर्नेछ।

भिभोको भी२३ई सार्वजनिक कार्यक्रमका लागि प्रतीक्षा गर्नुहोस्। भिभोले नेपालमा यो डिभाइस सार्वजनिक गर्नका लागि दराजसँग सहकार्य गरेको छ। यो डिभाइस जनवरी १६ देखि १९ भित्र अनलाइनमार्फत् प्रि-बुकिङ गर्न सकिनेछ। यदि तपाईँहरुले आफ्ना विद्यमान स्मार्टफोनलाई अपग्रेड गर्ने तयारीमा हुनुहुन्छ भने भी२३ई तपाईँका लागि उपयुक्त हुन सक्छ।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार